Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

मनीषाले पूर्वराजा ज्ञानेन्द्रलाई ‘श्री ५ महाराजाधिराज’ भन्दै जन्मदिनको शुभकामना दिएपछि ...

मनीषाले पूर्वराजा ज्ञानेन्द्रलाई ‘श्री ५ महाराजाधिराज’ भन्दै जन्मदिनको शुभकामना दिएपछि ...

  • बिहिवार, आषाढ २४ २०७८

  • 2.6K
    SHARES

  • मनीषाले पूर्वराजा ज्ञानेन्द्रलाई ‘श्री ५ महाराजाधिराज’ भन्दै जन्मदिनको शुभकामना दिएपछि ...

    काठमाडौं – बलिउड अभिनेत्री मनीषा कोइरालाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई श्री ५ महाराजाधिराज भन्दै जन्मदिनको शुभकामना दिएकी छिन् । बुधबार पर्न गएको ज्ञानेन्द्रको जन्मदिनको अवसरमा मनीषाले ट्विटरमार्फत यस्तो सम्बोधनका साथ सुभकामना दिएकी हुन् ।

    ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवको ७५ औं शुभजन्मोत्सवको उपलक्ष्यमा मौसुफ सरकारको सुख, शान्ति, सुस्वास्थ्य, एबं दीर्घ जीवनका लागि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु’, उनले लेखेकी छिन् ।

    पूर्वराजाको हैसियतका ज्ञानेन्द्रलाई मनीषाले राजतन्त्रकालीन अवस्थामा जस्तो श्री ५ महाराजाधिराज भनेकोप्रति अधिकांश ट्विटरप्रयोगकर्ताहरुले आपत्ति जनाएका छन् ।

    अधिकांशले मनीषालाई पूर्वराजा मात्र लेख्न सुझाब दिएका छन् ।

    भुसु आर दुवाडीले नेपालको संविधानले नै ज्ञानेन्द्रलाई पूर्वराजा बनाइदिसकेको बताउँदै मनीषालाई सम्भाmएका छन् ।

    ‘राज्यको संविधानले अब यिनलाई पूर्वराजा बनाइदिएको छ । यो देशको नागरिक हु भन्नुहुन्छ भने तपाईंले नि पालना गर्नुपर्छ, उहाँ अब श्री ५ महाराजधिराज होइन मात्र पूर्वराजा हो’, उनले प्रतिप्रश्न गरेका छन्, ‘तपाईँजस्तो बुझेको मान्छेले देशको संविधान विपरित बोल्दा हामीले अरूबाट के आशा राख्ने ?’

    यद्यपि, कतिपय ट्विटर प्रयोगकर्ताले भने मनीषाको भनाइको समर्थन गरेका छन् ।

    मनीषा नेपाली कांग्रेसका संस्थापक विपी कोइरालाकी नातिनी हुन् । तर, उनका पिता प्रकाश कोइराला भने ज्ञानेन्द्रको प्रत्यक्षकालमा मन्त्री बनेका थिए ।

    यता, मनीषाले पनि राजसंस्था स्थापनाको वकालत गर्दै आएकी छिन् ।

    Capture.PNG

     

     


    बिहिवार, आषाढ २४ २०७८०३:०२:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij