Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

इंग्ल्याण्ड पहिलोपटक युरोकपको फाइनलमा (३ तस्बिरसहित)

इंग्ल्याण्ड पहिलोपटक युरोकपको फाइनलमा (३ तस्बिरसहित)

उपाधिका लागि इटालीसँग खेल्ने
  • बिहिवार, आषाढ २४ २०७८

  • 1.2K
    SHARES

  • इंग्ल्याण्ड पहिलोपटक युरोकपको फाइनलमा (३ तस्बिरसहित)

    काठमाडौं - डेनमार्कलाई पराजित गर्दै इंग्ल्याण्ड १६ औं संस्करणको युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

    भर्खरै सम्पन्न दोस्रो सेमिफाइनल खेलमा डेनमार्कलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै पहिलोपटक युरोकपको उपाधि नजिक पुगेको हो ।

    वेम्बली स्टेडियममा भएको खेलमा सुरुवाती अग्रता भने पाहुना टोली डेनमार्कले लिएको थियो । डेनमार्कका मिकेल डाम्सगार्डले सुन्दर फ्रिकिकमार्फत ३० औं मिनेटमा नै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए । तर, घरेलु टोली इंग्ल्याण्डले त्यसलाई उल्टाएर जित निकालेको हो ।

    Damsgaard-Mikkel-Denmark-1024x629.jpg

    खेलको ३९ औं मिनेटमा इंग्ल्याण्डले आत्मघाती गोलको सहयोगमा खेल बराबरी गर्यो । डेनमार्कका कप्तान
    सिमन केजारले आत्मघाती गोल गरेका थिए ।

    दोस्रो हाफमा दुबै टोलीले गोल गर्न सकेनन् र खेल अतिरिक्त समयमा गएको थियो ।

    अतिरिक्त समयको १ सय ४ औं मिनेटमा कप्तान केनले गोल गर्दै इंग्ल्यान्डलाई २–१ को जित दिलाए । उनले आफंैले हानेको पेनाल्टीको रिबाउन्डमा गोल गरेका हुन् ।

    1625694272england_win.jpg

    रहिम स्ट्रर्लिङलाई जोकिम माहेलले पेनाल्टी बक्सभित्र फउल गर्दै लडाएपछि इंग्ल्यान्डले भिएआरको सहायताबाट पेनाल्टीको अवसर पाएको थियो । जसमा केनको पेनाल्टी प्रहार डेनमार्कका गोलकिपर कास्पर सुमाइकलले रोकेका थिए । तर, रिबाउन्डमा आएको बलमा केनले सहजै गोल गरे ।

    यससँगै इंग्ल्यान्ड पहिलो युरोकपको फाइनलमा फाइनलमा प्रवेश गरेको छ । यसअघि दुईपटक इंग्ल्याण्ड सेमिफाइनलमै पराजित भएको थियो ।

    अब इंग्ल्यान्डले फाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल आइतबार राति वेम्बली स्टेडियममा हुनेछ ।

    इटाली पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराएर फाइनल प्रवेश गरिसकेको छ ।

     


    बिहिवार, आषाढ २४ २०७८०३:४३:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij