Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images
युरोकप :

स्पेनलाई पेनाल्टी सुटआउटमा हराउँदै इटाली फाइनलमा (३ तस्बिरसहित)

स्पेनलाई पेनाल्टी सुटआउटमा हराउँदै इटाली फाइनलमा (३ तस्बिरसहित)

  • बुधवार, आषाढ २३ २०७८

  • 1.3K
    SHARES

  • स्पेनलाई पेनाल्टी सुटआउटमा हराउँदै इटाली फाइनलमा (३ तस्बिरसहित)

    एजेन्सी - स्पेनलाई पेनाल्टी सुटआउटमा हराउँदै इटाली १६ औं संस्करणको युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

    इंग्ल्याण्डमा भर्खरै सम्पन्न खेलमा (पहिलो सेमिफाइनल)मा स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै इटाली फाइनलमा प्रवेश गरेको हो ।

    1625606714italy_winn.jpg

    लण्डनस्थित वेम्बलीमा खेलको निर्धारित ९० मिनेटमा र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी सुटआउटमा इटालीले बाजी मारेको हो ।

    Spain-alvaro-morata-1024x643.jpg

    खेलमा इटालीले फेडेरिको केइजाको गोलमा ६० औँ मिनेटमा अग्रता लिएको थियो । तर, स्पेनका प्रतिस्थापन खेलाडी अल्भारो मोराटाले ८० औँ मिनेटमा गोल गर्दै खेल बरारबीमा ल्याए । निर्धारित र अतिरिक्त समयमा पनि कुनै गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको हो ।

    पेनाल्टीमा जेरार्ड मोरेनो र थियागो अल्कान्टाराले गोल गरे । पनि डानी ओल्मो तथा अल्भारो मोराटाले गोल गर्न नसकेपछि स्पेन पराजित भएको हो ।

    इटालीका लागि आन्द्रे बेलोट्टी, लियोनार्दो बुनुची, फेडेरिको बेर्नारडेस्की र जोर्जिन्होले गोल गर्न सफल रहे । म्यानुएल लोकाटेली गोल गर्न सकेनन् ।

    अब इटालीले बुधबार राति हुने इंग्ल्याण्ड र डेनमार्कबीचको दोस्रो सेमिफाइनलको विजेतासँग फाइनलमा खेल्नेछ ।

     


    बुधवार, आषाढ २३ २०७८०३:४९:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij