Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

‘ड्रिम फाइनल’को लक्ष्यमा अर्जेन्टिना

‘ड्रिम फाइनल’को लक्ष्यमा अर्जेन्टिना

  • मंगलवार, आषाढ २२ २०७८

  • 1.3K
    SHARES

  • ‘ड्रिम फाइनल’को लक्ष्यमा अर्जेन्टिना

    काठमाडौं – कोपा अमेरिका फुटबल प्रतियोगिताअन्तर्गत बुधबार बिहान ६ः४५ बजे दोस्रो सेमिफाइनल हुँदैछ । जहाँ फाइनल प्रवेशका लागि अर्जेन्टिना र कोलम्बिया आमने–सामने हुँदैछन् ।

    यसअघि, आज बिहान भएको पहिलो खेलमा पेरुलाई १–० ले पराजित गर्दै आयोजक ब्राजिल फाइनलमा प्रवेश गरिसकेको छ ।यदि, बुधबार हुने खेलमा अर्जेन्टिनाले कोलम्बियालाई हराएमा अन्तर्राष्ट्रिय फुटबलकै सबैभन्दा ठूला प्रतिद्धन्द्धी ब्राजिल र अर्जेन्टिनाबीच ‘ड्रिम फाइनल’ हुनेछ ।

    ब्राजिल र अर्जेन्टिनाबीचको फाइनल खेल हेर्न विश्वभरका अधिकांश मानिसले चाहेको विभिन्न सर्वेक्षणले देखाएइको छ ।यता, ब्राजिलका स्टार नेइमारले पनि लियोनल मेसीको अर्जेन्टिनी टोलीसँग आफूहरुले फाइनल खेल्न चाहेका बताइसकेका छन् ।

    अर्कोतर्फ, अर्जेन्टिना पनि सेमिफाइनल खेल जित्दै ब्राजिलसँगको भेट पक्का गर्न चाहन्छ । आफूहरु शतप्रतिशत् जितकै लागि खेल्ने अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले बताइसकेका छन् ।


    मंगलवार, आषाढ २२ २०७८०४:०५:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij