Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
युरोकप :

इटाली भर्सेस स्पेन : दुवैमा बदलाको भावना

इटाली भर्सेस स्पेन : दुवैमा बदलाको भावना

  • मंगलवार, आषाढ २२ २०७८

  • 973
    SHARES

  • इटाली भर्सेस स्पेन : दुवैमा बदलाको भावना

    काठमाडौं – युरोपियन च्याम्पियनसिप (युरोकप) फुटबलअन्तर्गत सेमिफाइनलका खेलहरु आज रातिदेखि सुरु हुँदै छन् ।

    युरोकपको पहिलो सेमिफाइनल खेलमा आज मध्यराति १२ः४५ बजे इटाली र स्पेन भिड्दैछन्।

    लण्डनको वेम्बली स्टेडियममा हुने खेलमा इटाली र स्पेन दुवै टोली बदलाको भावनामा हुनेछन् । किनकि, स्पेन इटालीसँग सन् २०१६ को युरोकपको अन्तिम १६ मा ब्यहोरेको हारको बदला इटालीसँग लिन चाहन्छ । फ्रान्समा भएको उक्त प्रतियोगितामा दाबेदार मानिएको स्पेन इटालीसँग २–० ले पारजित भएको थियो ।

    त्यस्तै, इटालीमा पनि स्पेनसँग आज राति उस्तै बदलाको भाव हुनेछ । किनकि, सन् २०१२ को फाइनलमा इटाली स्पेनसँग ४–० को लज्जास्पद पराजय भोग्न बाध्य भएको थियो । त्यसैगरी, सन् २००८ को क्वार्टरफाइनलमा पनि इटाली स्पेनसँग पेनाल्टी सुटआउटमा हारेको थियो । यसर्थ, आजको खेलमा दुवै बदलाको भावना राखेर मैदानमा उत्रने फुटबल पण्डितहरुले आँकलन गरेका छन् । दुवै टोलीका प्रशिक्षकले पनि यसको संकेत गरिसकेका छन् ।

    ‘हेड टु हेड’लाई हेर्ने हो भने इटालीभन्दा स्पेन बलियो देखिएको छ ।

    विश्व फुटबलका चिरपरिचित प्रतिद्वन्द्वी यी टोलीबीच अहिलेसम्म ३३ पटक भेट भएको छ ।

    यी भेटमा स्पेनले १२ खेलमा जित निकालेको छ भने इटालीले ९ खेल आफ्नो पक्षमा पारेको छ । १२ खेल बराबरीमा टुंगिएको छ ।

    आजको विजेता टोलीले बुधबार राति हुने इंग्ल्याण्ड र डेनमार्कबीचको खेलको विजेतासँग फाइनल भिडन्त गर्नेछ ।


    मंगलवार, आषाढ २२ २०७८०३:४४:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij