Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेपाली फुटबल टोलीका खेलाडी सहित ७० जनाको कोरोना परिक्षण पाटन अस्पतालमा हुने

नेपाली फुटबल टोलीका खेलाडी सहित ७० जनाको कोरोना परिक्षण पाटन अस्पतालमा हुने

  • आइतवार, श्रावण ११ २०७७

  • 1.2K
    SHARES

  • नेपाली फुटबल टोलीका खेलाडी सहित ७० जनाको कोरोना परिक्षण पाटन अस्पतालमा हुने

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीहरुको ललितपुरस्थीत पाटन अस्पतालमा कोरोना परीक्षण गरिने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को पहलमा फिफा विश्वकप २०२२ तथा एएफसी एसिया कप २०२३ अन्तर्गत संयुक्त छनोट खेल्ने टोलीका खेलाडी, अफिसियलसहित ७० जनाको कोरोना परीक्षण गरिन लागेको हो ।

    आज पाटन अस्पतालमा खेलाडीका पीसीआर विधिबाट कोरोना परीक्षण गर्नेबारे छलफल गर्न लागिएको एन्फाका प्रवक्ता किरण राईले जानकारी दिएका छन् । सरकारको अनुमतिपछि एन्फाले खेलाडीहरुको पीसीआर विधिबाट कोरोना परीक्षण गराएर अभ्यासमा फर्काउन लागिएको हो । एन्फाले साउन १७ गतेसम्म राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका लागि खेलाडीलाई राजधानी फर्किसक्न पत्राचार गरेको छ ।

    कोरोना महामारीले खेलकुद ठप्प भएपछि खेलाडीहरू अहिले घरमा रहेका छन् । फुटबल टोलीले भदौ १ गतेदेखि अभ्यास सुरु गर्नेछ । त्यसअघि साउन १७ देखि ३० गतेसम्म खेलाडीलाई क्वारेन्टाइनमा राखेर कोरोना परीक्षण गरिने एन्फाले जनाएको छ ।


    आइतवार, श्रावण ११ २०७७११:१५:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij