Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images
युरोकप :

‘दाबेदार’ इंल्याण्डलाई निराश बनाउने दाउमा ‘अप्रत्यासित’ युक्रेन, डेनमार्कलाई चेक रिपब्लिकको चुनौती

‘दाबेदार’ इंल्याण्डलाई निराश बनाउने दाउमा ‘अप्रत्यासित’ युक्रेन, डेनमार्कलाई चेक रिपब्लिकको चुनौती

  • शनिवार, आषाढ १९ २०७८

  • 970
    SHARES

  • ‘दाबेदार’ इंल्याण्डलाई निराश बनाउने दाउमा ‘अप्रत्यासित’ युक्रेन, डेनमार्कलाई चेक रिपब्लिकको चुनौती

    काठमाडौं – युरोकपमा आज राति इंग्ल्याण्ड र युक्रेन भिड्दैछन् । नेपालीसमय अनुसार राति पौने एक बजे क्वार्टरफाइनलमा यी टिम भिड्न लागेका हुन् । यी दुई टिमबीच सात भिडन्तमा इंग्ल्याण्डले चारपटक खेल जित्दा युक्रेनले एक पटकमात्रै जितेको छ । दुई खेल बराबरी भएका छन् ।

    २०१२ को युरोकपमा वाइन रुनीको गोलमा इंग्ल्याण्डले युक्रेनलाई पराजित गरेको थियो । इंग्ल्याण्डसँगका सात खेलमा युक्रेनले अहिलेसम्म जम्मा तीन गोल मात्रै गरेको छ ।

    १९९६, २००४ र २०१२ मा इंग्ल्याण्ड क्वार्टरफाइनलमा खेल्दा थप समय र पेनाल्टीमा पुगेको थियो । २००४ र २०१२ मा क्रमशः पोर्चुगल र इटालीसँग इंग्ल्याण्ड पराजित भएको थियो । १९९६ मा भने स्पेनलाई पेनाल्टीलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो ।

    जारी युरोमा इंग्ल्याण्डले बलियो मानिएको जर्मनीलाई २–० गोलले पराजित गरेको थियो । यससँगै इंग्ल्याण्डलाई उपाधि दाबेदार मानिएको छ ।
    युक्रेनले पनि तुलनात्मक बलियो स्विडेनलाई पराजित गर्र्दै क्वार्टरफाइनलमा स्थान बनाएको छ ।

    समूह सीमा तेस्रो हुँदै नकआउटमा पुगेको युक्रेन क्वार्टरफाइनलमा पुग्छ भन्ने कमै फुटबल पण्डितहरुले मात्र अपेक्षा गरेका थिए । धेरैजसोले युक्रेनको क्वार्टरफाइनलसम्मको यात्रालाई अप्रत्यासित मानेका छन् ।

    यता, इंग्याण्डका प्रमुख प्रशिक्षक ग्यारेथ साउथगेटले युक्रेनलाई कमजो नआँक्न आफ्ना खेलाडीहरुलाई चेतावनी दिइसकेका छन् । यसअघि सबै खेल आफ्नो घरेलु मैदानमा खेलेको इंग्ल्याण्ड क्वार्६रफाइनलको खेल अवे (इटालीमा) खेल्दैछ । यसर्थ अवे खेलमा सचेत रहनुपर्नेमा प्रशिक्षक साउथगेटको जोड छ ।

    अर्कोतिर, युक्रेनका प्रमुख प्रशिक्षक आन्द्रेई सेभचेन्कोले पनि आफूहरु इंग्ल्याण्डसँगको खेलको लागि तयार भइसकेको बताइसकेका छन् । दाबेदार मानिएको इंल्याण्डलाई निराश बनाउन आफूहरु लागिपर्ने उनको भनाइ छ ।

    यसअघि २०१६ को अन्तिम १६ मा पनि तुलनात्मक बलियो मानिएको इंल्याण्ड नवप्रवेशी आइल्याण्डसँग पराजित भएको थियो ।

    1kn4pi4bcbznfqpt_1625060942.jpeg

    युरोकपमा आजै राति पौने १० बजे डेनमार्क र चेक रिपब्लिकबीच खेल हुँदैछ । यी दुईबीचको विजेताले इंग्ल्याण्ड र युक्रेनबीचको विजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछ ।

    फुटबल पण्डितहरुले यी दुई टोलीमध्ये डेनमार्कलाई बलियो मानेका छन् । यद्यपि, चेक रिपब्लिकलाई पनि कम आँक्न नहुने उनीहरुको धारणा छ ।

    डेनमार्क र चेक रिपब्लिक दुवै युरोकपका पूर्वविजेता हुन् ।


    शनिवार, आषाढ १९ २०७८०३:५७:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij