Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images
कोपा अमेरिका :

चिलीविरुद्ध कठिन जित निकाल्दै ब्राजिल सेमिफाइनलमा (भिडियोसहित)

चिलीविरुद्ध कठिन जित निकाल्दै ब्राजिल सेमिफाइनलमा (भिडियोसहित)

पाराग्वेलाई पेनाल्टी सुटआउटमा हराउँदै पेरु पनि पुग्यो सेमिफाइनलमा
  • शनिवार, आषाढ १९ २०७८

  • 1.3K
    SHARES

  • चिलीविरुद्ध कठिन जित निकाल्दै ब्राजिल सेमिफाइनलमा (भिडियोसहित)

    काठमाडौं – साविक विजेताब्राजिल कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको क्वार्टरफाइनलको खेलमा चिलीमाथि कठिन जित हासिल गर्दै ब्राजिलले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

    ब्राजिललाई जित दिलाउन लुकास पाक्केटाले विजयी गोल गरे । दोस्रो हाफको पहिलो मिनेट अर्थात ४६ औँ मिनेटमा लुकासले गरेको गोल ब्राजिललाई सेमिफाइनल पुर्याउन पर्याप्त बन्यो ।

    खेलको ५० औं मिनेटमा ग्याब्रियल जिसस रातो कार्ड खादै मैदान बाहिरिएपछि ब्राजिल १० खेलाडीमा सीमित बनेको थियो ।

    खेलको करिब ५० मिनेटको समय घरेलु टोली ब्राजिलले १० खेलाडीमा सीमित भएर खेलेको थियो ।

    त्यस्तै, गएराति भएको पहिलो क्वार्टरफाइनल खेलमा पेरुले पाराग्वेलाई पराजित गर्दै कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ । ।

    निर्धारित समयको खेल ३–३ गोलको बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरमा गरिएको थियो । जसमा पेरुले ४–३ ले बाजी मार्यो ।

    ब्राजिलको पेड्रो लुडोभिको स्टेडियममा भएको खेलको निर्धारित ९० मिनेटमा ३–३ को बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट लिइएको हो ।

    निर्धारित समयमा दुवै टोलीले एक–एक रातो कार्ड पाएपछि १० खेलाडीमा समेटिएका थिए ।

    पेरुका लागि जियालुका लापाडुलाले १५औ र ४०औं मिनेटमा गोल गरे । योसिमर योटुनले ८०औं मिनेटमा गोल गरे । पाराग्वेका लागि गुस्ताभो गोमेजले ११औं, जुनियर अलोन्सोले ५४औं र गाब्रियल अभालोसले ९०औं मिनेटमा गोल गरे । गोलकर्ता गुस्ताभोले पहिलो हाफको इन्जुरी टाइममा रातो कार्ड पाएपछि पाराग्वेले दोस्रो हाफभर १० खेलाडीमा रहेर खेलेको थियो ।

    पेरुका आन्द्रे कारिला ८५औं मिनटमा दोहोरो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिएका थिए । निर्धारित समयमको खेल रोमाञ्चक बराबरी भएपछि पेनाल्टी सुटआउटमा खेल पुग्यो ।

    Peru.jpg

    जहाँ पेरुका लागि जियानलुका लापाडुला, योसिमर योटुन, रेनाटा तापिया र मिगुएल ट्राउकाले गोल गरे । सान्टियागो ओमेरनो र क्रिस्टिएन चुएभाले गोल गर्न सकेनन् ।

    पाराग्वेका लागि एन्जल रोमेरो, जुनियर एलोन्सो र रोबर्ट पिरिसले मात्र गोल गरे । हेक्टर मार्टिनेज, सामु र अल्बर्टो एस्पिनोला गोल गर्न असफल भए ।


    क्वार्टरफाइनलका अन्य खेलमा आइतबार बिहान उरुग्वे र कोलम्बिया तथा अर्जेन्टिना र इक्वेडर भिड्नेछन् ।


    शनिवार, आषाढ १९ २०७८०१:०६:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij