Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images
प्रधानन्यायाधीशको प्रश्न :

‘एमाले र जसपाले कुन कानुनअनुसार राष्ट्रपतिकहाँ उजुरी दिएका हुन् ?’

‘एमाले र जसपाले कुन कानुनअनुसार राष्ट्रपतिकहाँ उजुरी दिएका हुन् ?’

  • बिहिवार, आषाढ १७ २०७८

  • 1.2K
    SHARES

  • ‘एमाले र जसपाले कुन कानुनअनुसार राष्ट्रपतिकहाँ उजुरी दिएका हुन् ?’

    काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राष्ट्रपतिकहाँ प्रधानमन्त्रीको दाबी परेपछि राजनीतिक दलहरूले दिएका पत्रलाई लिएर वरिष्ठ अधिवक्ता तथा एमाले नेता अग्नि खरेललाई प्रश्न गर्नुभएको छ ।

    ‘संविधानको धारा ७६ को उपधारा ५ को सरकारका लागि दाबी परेपछि राष्ट्रपतिले कुन सदस्यले भोलि भोट हाल्छ वा हाल्दैन भनेर कागज गर्नुपर्ने थियो कि थिएन ?, संसद् विघटनको मुद्दाको सुनुवाइ गरिरहेको संवैधानिक इजलासमा आज बहसमा आएका खरेललाई प्रधानन्यायाधीशले सोध्नुभयो, ‘जुन उजुरी अहिले एमाले र जसपाले राष्ट्रपतिकहाँ हालेका छन्, त्यो उजुरी दिन पाउने भन्ने कुराको व्यवस्था कुन संघीय कानुनमा छ र ?’
    प्रधानमन्त्रीका लागि सांसदहरूको हस्ताक्षरसहित दाबी परेपछि र त्यसको विरुद्धमा राजनीतिक दलहरूले उजुरी दिएपछि राष्ट्रपतिले हस्ताक्षर गर्ने सांसदहरूलाई सनाखत गराउनुपर्थ्यो कि पर्दैनथ्यो भनेर पनि प्रधानन्यायाधीशले खरेललाई सोध्नुभएको थियो ।

    प्रधानमन्त्रीमा दाबी गर्नका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले अरु दलका सांसदको हस्ताक्षर चोरेर लगेको जस्ता आरोप लगाएपछि प्रधानन्यायाधीशले उक्त प्रश्न गरेका थिए । खरेलले कांग्रेस र माओवादी केन्द्रको समर्थन लिएर गएका देउवाले अरु दलका सांसदलाई चोरेर लगेको आरोप लगाएका थिए ।

     


    बिहिवार, आषाढ १७ २०७८०१:२०:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij