Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images
युरोकप :

अन्तिम मिनेटको गोलसँगै युक्रेन क्वार्टरफाइनलमा

अन्तिम मिनेटको गोलसँगै युक्रेन क्वार्टरफाइनलमा

  • बुधवार, आषाढ १६ २०७८

  • 775
    SHARES

  • अन्तिम मिनेटको गोलसँगै युक्रेन क्वार्टरफाइनलमा

    काठमाडौं - स्विडेनलाई पराजित गर्दै युक्रेन १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

    गएराति स्कटल्याण्डमा भएको अन्तिम १६ को अन्तिम खेलमा स्विडेनलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै युक्रेनले अन्तिम आठमा स्थान बनाएको हो ।

    युक्रेनलाई जित दिलाउन ओलेक्सान्डर जिन्चेन्को र अर्टिम दोभ्बिकले एक एक गोल गरे ।

    स्विडेनका इमिल फोर्सवर्गले एक गोल फर्काए ।

    रोमान्चक बनेको खेलको निर्धारित ९० मिनेट १–१ गोलको बराबरीमा सकिएको थियो । त्यसपछि खेल अतिरिक्त समयमा गएको थियो ।

    अतिरिक्त समयको १ सय २० औं मिनेटमा अर्टिमले गोल गर्दै युक्रेनलाई २–१ को महत्वपूर्ण जित दिलाए । उनले जिन्चेन्कोको पासलाई सदुपयोग गरेका थिए ।

    अतिरिक्त समयमा जानु अघि २७ औं मिनेटमा जिन्चेन्कोले गोल गर्दै युक्रेनलाई सुरुवाती अग्रता दिलाएका थिए । यार्मोलेन्कोको पासमा जिन्चेन्को गोल गरेका थिए ।


    तर, खेलको ४३ औं मिनेटमा फोर्सवर्गले गोल गर्दै स्विडेनलाई १–१ को बराबरीमा ल्याए । उनले इसाकको पासमा गोल गरे ।

    यस्तै खेलको ९८ औं मिनेटमा स्विडेन १० खेलाडीमा समेटिएको थियो । युक्रेनका अर्टिमलाई खराब ट्याकल गरेपछि मार्कुस डानिलसनले रातो कार्ड पाएका थिए ।

    जितसँगै युक्रेन क्वाटरफाइनलमा पुग्ने आठौं टोली बनेको छ । यस खेलसँगै युरोकपको क्वार्टरफाइनल समीकरण समेत पूरा भएको छ । स्विडेन भने बाहिरिएको छ ।

    अब युक्रेनले सेमिफाइनल प्रवेशका लागि इंग्ल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।

     


    बुधवार, आषाढ १६ २०७८०८:३०:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij