काठमाडौं - चिरप्रतिद्धन्द्धी जर्मनीलाई हराउँदै इंग्ल्यान्ड युरोकपको क्वार्टरफाइनदमा प्रवेश गरेको छ ।
गएराति लण्डनस्थित वेम्बली स्टेडियममा भएको खेलमा जर्मनीलाई २–० ले हराउँदै इंग्ल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको हो । अब इंग्ल्यान्डले सेमिफाइनल प्रवेशका लागि युक्रेनसँग प्रतिीपर्धा गर्नेछ ।
जर्मनीविरुद्ध वेम्बलीमा पहिलो जित दिलाउने क्रममा इंग्ल्यान्डका रहिम स्टर्लिङ र कप्तान ह्यारी केनले गोल गरे । ७५औं मिनेटमा स्टर्लिङले गोल गर्दै इंग्ल्यान्डलाई सुरुआती अग्रता दिलाए । उनले ज्याक ग्रेइलिसको पासमा गोल गरेका थिए । जारी युरोकपमा स्टर्लिङको तेस्रो गोल हो ।
८६औं मिनेटमा ह्यारी केनले गोल गरेपछि घरेलु टोली इंग्ल्यान्डले अग्रता दोब्बर बनायो। केनले पनि ग्रेलिसकै पासमा गोल गरेका थिए। इंग्लिस कप्तान केनको यो युरोकपमा पहिलो गोल हो।
खेलमा जर्मनीले पनि केही राम्रा अवसर गुमायो। पहिलो हाफमा टिमो वर्नरले वान टु वानमा गोल गर्न सकेनन्। उनको प्रहार इंग्ल्यान्डका किपर जोर्डन प्लिकफर्डले रोके।
यस्तै दोस्रो हाफको सुरुआतमै काई हार्भट्जको उत्कृष्ट प्रहारमा पनि प्लिकफर्ड नै बाधक बने । यस्तै, थोमस मुलरले पनि खेल बारबरी गर्ने सुनौलो अवसर गुमाएका थिए । त्यसैगरी, पहिलो हाफको सुरुवातीले टिमो वार्नरको गोलको प्रयास इंग्ल्याण्डका गोलकिपर जोर्डन पिकफर्डले बचाएका थिए ।
यस जिसँगै इंल्याण्डले जर्मनीसँग सन् १९९६ को बदला लिएको छ । सन् १९९६ को युरोकपको सेमिफाइनलमा जर्मनीले इंग्ल्याण्डलाई उसको घरेलु मैदानमै पेनाल्टी सुटआउटमा हराएको थियो ।
इंग्ल्याण्डका वर्तमान् मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले निर्णायक पेनाल्टी मिस गरेका थिए । सोही घाउको मल्हमपट्टी गर्न साउथगेट चाहिरहेका थिए । अन्ततः सफल भए ।