Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images
युरोकपमा आज प्रि–क्वार्टरफाइनलका अन्तिम दुई खेल :

जर्मनीसँग १९९६ को बदला लिने दाउमा इंग्ल्याण्ड

जर्मनीसँग १९९६ को बदला लिने दाउमा इंग्ल्याण्ड

  • मंगलवार, आषाढ १५ २०७८

  • 605
    SHARES

  • जर्मनीसँग १९९६ को बदला लिने दाउमा इंग्ल्याण्ड

    काठमाडौं - युरोकप फुटबलअन्तर्गत आज राति अन्मिम १६ (प्रि–क्वार्टरफाइनल) का अन्तिम दुई खेल हुँदैछन् ।

    पहिलो खेलमा इंग्ल्यान्ड र जर्मनीबीच प्रतिस्पर्धा हुँदैछ । लण्डनस्थित वेम्बली स्टेडियममा हुने इंग्ल्यान्ड र जर्मनीबीचको खेल नेपाली समयअनुसार राति ९ः४५ बजेबाट सुरु हुनेछ ।

    यो खेललाई बुहप्रतिक्षित खेलको रुपमा लिइएको छ । आजको खेलमा इंग्ल्याण्ड आज आफ्नो घेरलु मैदानमा जर्मनीसँग सन् १९९६ को बदला लिन चाहन्छ । सन् १९९६ को युरोकपको सेमिफाइनलमा जर्मनीले इंग्ल्याण्डलाई उसको घरेलु मैदानमै पेनाल्टी सुटआउटमा हराएको थियो ।

    इंग्ल्याण्डका वर्तमान् मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले निर्णाय पेनाल्टी मिस गरेका थिए । सोही घाउको मल्हमपट्टीमा आज आफूहरु लाग्ने मुख्य प्रशिक्षक साउथगेटले बताइसकेका छन् ।

    यता, जर्मनीका मुख्य प्रशिक्षक जोचिम लोले पनि इंग्ल्याण्डमाथि आफ्नो बर्चश्व कायम राख्ने बताइसकेको छ । सन् १९६६ यता ठूला प्रतियोगितामा इंग्ल्याण्डले जर्मनीलाई हराएको छैन । आज पनि आफूहरुले यसैलाई आफूहरुले निरन्तरता दिने मुख्य प्रशिक्षक लोको भनाइ छ ।

    पछिल्लो समयमा इंल्याण्डसँग युवा टोली छ भने जर्मन टोलीमा युवा र अनुभवीको समिश्रण छ । त्यसैले आजको खेललाई भिडन्तको संज्ञा दिँदै रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

    आज मध्यराति हुने दोस्रो खेलमा स्वीडेन र युक्रेन भिड्दै छन् । स्कटल्याण्डको ह्याम्पडेन पार्कमा हुने स्विडेन र युक्रेनबीचको खेल राति १२ः४५ बजेबाट सुरु हुनेछ ।

     


    मंगलवार, आषाढ १५ २०७८०४:१७:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij