काठमाडौं – कोपा अमेरिका कप फुटबलको क्वार्टरफाइनलको समीकरण पूरा भएको छ।
सेमिफाइनल प्रवेशका लागि अब समूह ‘ए’ को विजेता अर्जेन्टिना र समूह ‘बी’को चौथो स्थानमा रहेको इक्वेडर तथा समूह ‘बी’को विजेता ब्राजिल र समूह ‘ए’ को चौथो स्थानको चिलीबीच खेल हुनेछ ।
यस्तै समूह ‘ए’मा दोस्रो भएको उरुग्वेले समूह ‘बी’ को तेस्रो भएको कोलम्बियासँग तथा समूह ‘ए’मा तेस्रो भएको पाराग्वेले समूह ‘बी’मा दोस्रो भएको पेरुसँग खेल्नेछ ।
समीकरणअनुसार दुई बलिया टोली मानिएका ब्राजिल र अर्जेन्टिनाको भेट जित्दै गएमा अब फाइनलमा मात्र हुनेछ ।
क्वार्टरफानलका खेल नेपाली समयअनुसार शनिबारबाट सुरु हुनेछन् । शनिबार पेरु र पाराग्वे तथा ब्राजिल र चिलीबीच प्रतिस्पर्धा हुनेछ ।
त्यस्तै आइतबार उरुग्वे र कोलम्बिया तथा अर्जेन्टिना र इक्वेडरबीच खेल हुनेछ । खेलहरु बिहान २ः४५ तथा ५ः४५ मा हुनेछन् ।
