Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

स्विट्जरल्याण्डसँग अप्रत्यासित हार ब्यहोर्दै विश्वविजेता फ्रान्स युरोकपबाट बाहिरियो

स्विट्जरल्याण्डसँग अप्रत्यासित हार ब्यहोर्दै विश्वविजेता फ्रान्स युरोकपबाट बाहिरियो

एम्बापे पेनाल्टी सुटआउटमा गोल गर्न चुके
  • मंगलवार, आषाढ १५ २०७८

  • 918
    SHARES

  • स्विट्जरल्याण्डसँग अप्रत्यासित हार ब्यहोर्दै विश्वविजेता फ्रान्स युरोकपबाट बाहिरियो

    काठमाडौं- दाबेदार मानिएको विश्वविजेता फ्रान्स स्विट्जरल्याण्डसँग अप्रत्यासित हार ब्यहोर्दै युरोपियन च्याम्पियनसिप (युरोकप-२०२०) फुटबल प्रतियोगिताको अन्तिम १६ बाट नै बाहिरिएको छ । गएराति भएको अन्तिम १६ को खेलमा ट्राइब्रेकरमा ५–४ गोलअन्तरले पराजित भएपछि फ्रान्सको युरोकपको यात्रा अपत्यासित रुपमा चाँडै टुगिंयो ।

    पेनाल्टी सुटआउटमा अन्तिम प्रहार गर्न आएका युवा खेलाडी केलियन एम्बाप्पेको प्रहारलाई स्विट्जरल्याण्डका गोलकिपरले बचाउ गरेपछि फ्रान्स पराजित भएको हो ।

    यसअघि, निर्धारित समयको खेल ३–३ को बराबरीमा सकिएको थियो । खेलको १५ औँ मिनेटमा ह्यारिस सेफेरोविचले स्विटजरल्याण्डलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा फ्रान्स खेलमा फर्किएको थियो । करिम बेन्जेमाले दुई मिनेटको अन्तरमा दुई गोल तथा पाउल पोग्बाले एक गोल गरेपछि फ्रान्सले खेलमा दुई गोलको अग्रता लिएको थियो ।

    1624915827swiss.jpg

    खेल सकिन १० मिनेट बाँकी हुँदासम्म दुई गोलको अग्रता कायम राखेको फ्रान्सविरुद्ध स्विट्जरल्याण्डले पुनरागमन गर्यो । ८१ औँ मिनेटमा सेफेरोविचले एक गोल फर्काए भने अन्तिम मिनेटमा मारियो गाभ्रानोविचले खेल बराबरी गरे । खेल पेनाल्टी सुटआउटमा पुगेछि स्विट्जरल्याण्ड विजयी बन्यो ।

    उपाधिको प्रमुख दाबेदार मानिएको फ्रान्सको यस हारलाई अप्रत्यासित मानिएको छ । अधिकांश फुटबल पण्डितले फ्रान्सले नै युरोकप जित्ने दाबी गर्दै आएका थिए ।

    स्विट्जरल्याण्डले अब क्वार्टरफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।

    स्विट्जरल्याण्ड सन् १९५४ को विश्वकपपछि पहिलोपटक मुख्य प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको हो ।

     


    मंगलवार, आषाढ १५ २०७८०८:०६:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij