Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
युरोकपमा आज दुई खेल हुँदै :

स्पेनलाई क्रोएसियाको र फ्रान्सलाई स्विट्जरल्याण्डको चुनौती

स्पेनलाई क्रोएसियाको र फ्रान्सलाई स्विट्जरल्याण्डको चुनौती

  • सोमवार, आषाढ १४ २०७८

  • 876
    SHARES

  • स्पेनलाई क्रोएसियाको र फ्रान्सलाई स्विट्जरल्याण्डको चुनौती

    काठमाडौं – युइएफए युरोपियन च्याम्पियनसिपमा (युरोकप)मा आज अन्तिम १६ का दुई खेल हुँदैछन् ।

    आज हुने पहिलो खेलमा विश्वकपको फाइनलिस्ट क्रोएसिया र तीनपटकको युरोकप विजेता स्पेन आमने– सामने हुनेछन् । यो खेल डेनमार्कमा हुनेछ । खेल नेपाली समयअनुसार बेलुकी पौने १० बजे खेल सुरु हुनेछ ।

    समूह ’डी’ को उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको क्रोएसियाले समूह चरणमा १ जित, १ हार र १ बराबरी खेल्दै ४ अंक जोडेको थियो । जसमा इङ्ग्ल्याण्डसँग १–० ले पराजित भएको थियो भने चेक रिपब्लिकसँग १–१ को बराबरी खेलेको थियो । त्यस्तै स्कटल्याण्डलाई ३–१ गोल अन्तरले हराएको थियो ।

    त्यस्तै समूह चरणका सबै खेल घरेलु मैदानमा खेलेको स्पेन समूह ’ई’ को उपविजेता हो । सुरुवाती दुई खेलमा बराबरी खेल्दै निराशाजनक सुरुवात गरेको स्पेनले समूहको अन्तिम खेलमा ५–० को फराकिलो जित निकाल्दै अन्तिम १६ मा स्थान बनाएको थियो ।

    पहिलो खेलमा स्विडेनसँग गोलरहित बराबरी खेलेको स्पेनले दोस्रो खेलमा पोल्याण्डसँग १–१ को बराबरी खेलेको थियो ।
    त्यस्तै तेस्रो खेलमा स्लोभाकियामाथि ५–० को फराकिलो जित निकालेको थियो ।

    स्पेनका कप्तान सर्जियो बुस्क्वेट तेस्रो खेलमा मात्र मैदानमा उत्रिएका थिए । कोरोना भाइरस संक्रमण भएका कारण उनले अघिल्ला दुई खेल गुमाएका थिए । स्लोभाकियाविरुछ उनले म्यान अफ द म्याच प्रदर्शन गरेका थिए ।
    बुक्वेटको पुनआगमनले टोलीमा थप उत्साह थपेको प्रमुख प्रशिक्षक लुइस इनरिकेले बताएका छन् ।

    क्रोएसियाका भरपर्दा खेलाडी इभान पेरेसिचलाई पनि कोरोना संक्रमण भएकाले उनले आजको खेल गुमाउने पक्का भएको छ । यसले स्पेनलाई थप फाइदा पुग्ने फुटबल पण्डितहरुले बताएका छन् ।

    n6r56Hb8FCrRcrRR5EjF5B.jpg

    त्यस्तै आजै राति हुने दोस्रो खेलमा विश्वविजेता फ्रान्स र स्विट्जरल्याण्ड आमनेसामने हुनेछन् । फ्रान्स ’ग्रुप अफ डेथ’ मानिएको समूह ’एफ’बाट विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको थियो । अर्कोतर्फ स्विट्जरल्याण्ड भने समूह ’ए’ को तेस्रो स्थानमा रहँदै अन्तिम १६ मा पुगेको हो ।

    आजको खेलमा फ्रान्स जितको दाबेदार रहेको फुटबल पण्डितहरुले बताएका छन् । फ्रान्सको फरवार्डलाइनलाई बलियो मानिएको छ । एन्टाइन ग्रिजमन, केलियन एम्बापे तथा करिम बेन्जेमा जस्ता फरवार्ड फ्रेन्च टिममा छन् ।

    त्यस्तै, फ्रान्सको मिडफिल्डले पनिा अहिले उच्च प्रदर्शन गरिरहेको छ । मिडफिल्डको नेतृत्व पाउल पोग्वा र एन्गोलो कान्टेले गरिहेका छन् ।


    सोमवार, आषाढ १४ २०७८०४:०६:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij