Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images
कोपा अमेरिका :

दाबेदार ब्राजिल इक्वेडरसँग बराबरीमा रोकियो, जितसँगै पेरु क्वार्टरफाइनलमा

दाबेदार ब्राजिल इक्वेडरसँग बराबरीमा रोकियो, जितसँगै पेरु क्वार्टरफाइनलमा

  • सोमवार, आषाढ १४ २०७८

  • 951
    SHARES

  • दाबेदार ब्राजिल इक्वेडरसँग बराबरीमा रोकियो, जितसँगै पेरु क्वार्टरफाइनलमा

    एजेन्सी - कोपा अमेरिका फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा आयोजकसमेत रहेको उपाधि दाबेदार ब्राजिलले बराबरी खेलेको छ ।

    आज बिहान भएको खेलमा ब्राजिलले इक्वेडरसँग १–१ गोलको बराबरी खेलेको हो ।

    सुरुवाती अग्रता जोगाउन नसक्दा ब्राजिल बराबरीमा रोकिएको हो ।

    खेलको ३७ औं मिनेटमा इडर मिलिटाओले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । एभर्टनको फ्रिकिकमा उनले हेडमार्फत गोल गरेका थिए ।

    तर, खेलको ५३ औं मिनेटमा एन्जल मिनाले गोल गर्दै इक्वेडरलाई १–१ गोलको बराबरीमा ल्याए । उनले इनर भ्यालेन्सियाको पासलाई सदुपयोग गरेका थिए ।

    यस बराबरीसँगै समूह ’बी’ को ब्राजिल समूह विजेता बन्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । समूह चरणमा अपराजित ब्राजिलले ४ खेलमा १० अंक जोड्यो ।

    इक्वेडरले ४ खेलमा ३ अंक जोड्यो । इक्वेडर पनि चौंथो स्थानमा रहदै क्वार्टरफाइनलमा पुगेको छ ।

    त्यस्तै, आज बिहान नै भएको समूह चरणको अन्तिम खेलमा भेनेजुएलालाई १–० ले पराजित गर्दै पेरु अन्तिम आठमा पुगेको हो ।

    1624835392peru.jpg

    पेरुको जितमा आन्द्रे कारिल्लोले निर्णायक गोल गरे । उनले खेलको ४८ औं मिनेटमा गोल गरेका हुन् ।

    यस जितसँगै पेरु समूह ’बी’ को उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो ।

    पेरुले ४ खेलमा ७ अंक जोड्यो ।

    भेनेजुएला भने समूह चरणबाटै बाहिरिएको छ । २ अंक जोडेको भेनेजुएला पुछारमा रह्यो ।


    सोमवार, आषाढ १४ २०७८०८:०६:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij