Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

डिफेन्डिङ च्याम्पियन पोर्चुगल युरोकपबाट बाहिरियो, बेल्जियम क्वार्टरफाइनलमा

डिफेन्डिङ च्याम्पियन पोर्चुगल युरोकपबाट बाहिरियो, बेल्जियम क्वार्टरफाइनलमा

  • सोमवार, आषाढ १४ २०७८

  • 1.1K
    SHARES

  • डिफेन्डिङ च्याम्पियन पोर्चुगल युरोकपबाट बाहिरियो, बेल्जियम क्वार्टरफाइनलमा

    काठमाडौं - डिफेन्डिङ च्याम्पियन पोर्चुगल जारी युरोकप फुटबल प्रतिगोगिाताबाट बाहिरिएको छ । गएराति भएको अन्तिम १६ को खेलमा बेल्जियमसँग १ ० ले पराजित गर्दै पोर्चुगल प्रतियोगिताबाट बाहिरिएको हो ।

    थोगन हाजार्डले ४२ औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो ।

    Portugal-vs-Belgium-Eurocup-2020.jpg१ गोलले पछि परेपछि दोस्रो हाफमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो, डिएगो जोटा र जाओ फेलिक्स र आन्द्रे सिल्भालगायतले खेलमा फर्कने प्रयास गरे पनि त्यो सम्भव भएन ।

    प्रतियोगिताबाट बाहिरिएसँगै रोनाल्डोको सर्बाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमानमा इरानका अली देईलाई उछिन्ने लक्ष्य पनि अहिले केही छिनलाई टुंगिएको छ । रोनाल्डो र देईको समान १०९ अन्तर्राष्ट्रिय गोल संख्या छ ।

    बेल्जियमले भने अब सेमिफाइनल प्रवेशका लागि इटालीसँग खेल्नेछ ।


    सोमवार, आषाढ १४ २०७८०७:४७:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij