Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images
युरोकप :

दाबेदार मानिएको नेदरल्याण्ड्स चेक रिपब्लिकसँग स्तब्ध

दाबेदार मानिएको नेदरल्याण्ड्स चेक रिपब्लिकसँग स्तब्ध

  • सोमवार, आषाढ १४ २०७८

  • 921
    SHARES

  • दाबेदार मानिएको नेदरल्याण्ड्स चेक रिपब्लिकसँग स्तब्ध

    काठमाडौं - युरोकपको दाबेदार मानिएको टोली नेदरल्याण्ड्स अण्डरडग चेक रिपब्लिकसँग स्तब्ध भएको छ । गएराति भएको अन्तिम १६ को खेलमा नेदरल्याण्ड्स चेक रिपब्लिकसँग २ ० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

    समूह ‘डी’ को तेस्रो बन्दै अन्तिम १६ मा पुगेको चेकले समूह ‘सी’ मा तीनवटै खेल जित्दै विजेता बनेको नेदरल्याण्ड्सलाई पराजित गरेको हो ।

    गएराति हंगेरीको बुढापेस्टस्थित पुस्कास एरेनामा भएको खेलमा चेक रिपब्लिकको जितमा थोमस होल्स र प्याट्रिक सिकले गोल गरे ।

    पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफमा चेक रिपब्लिकले दुई गोल गरेको थियो । ५५औं मिनेटमा नेदरल्याण्ड्सका माथिस डि लिग्टले रातो कार्ड पाएपछि त्यसैको फाइदा उठाउँदै चेकले दुई गोल गर्न सफल भयो ।

    पहिलो हाफमा भने नेदरल्याण्ड्सले केही गोलका सुवर्ण अवसर गुमाएको थियो ।

    ५२औं मिनेटमा नेदरल्याण्ड्सका डोनयेल मालेन वान भर्सेस वानमा गोल गर्न चुकेका थिए ।

    ५५औं मिनेटमा माथिस डे लिग्ट रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि नेदरल्याण्ड्स १० खेलाडीमा समेटिएको थियो । बल ह्याण्ड गरेकोले भिएआर रिभ्युपछि डे लिग्टलाई रातो कार्ड देखाइएको थियो ।

    E4569wnXMA8cscY_YqGhNXPO57.jpg

    नेदरल्याण्ड्सको एक खेलाडी कम हुँदा चेकलाई फाइदा पुग्यो । ६८औं मिनेटमा होल्सले टोमस क्लासको पासमा हेडरमार्फत गोल गर्द अग्रता दिलाए ।

    ८०औं मिनेटमा प्याट्रिक सिकले गोल गर्दै चेकको अग्रता दोब्बर पारे । उनले पहिलो गोल गरेका होल्सको क्रसमा गोल गरेका हुन् । जारी युरोकपमा सिकको यो चौथो गोल हो ।

    नेदरल्याण्ड्समाथिको चेक रिपब्लिकको यस जितलाई युरोकपको अप्रत्यासित नतिजा मानिएको छ ।

    अब चेक रिपब्लिकले क्वार्टरफाइनलमा डेनमार्कको सामना गर्नेछ ।

     


    सोमवार, आषाढ १४ २०७८०६:४४:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij