काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन आह्वान गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले असार १७ गते बिहीबार ४ बजे अधिवेशन आह्वान गर्नुभएको हो ।
राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा १ बमोजिम अधिवेशन आह्वान गर्नुभएको हो ।
आज बसेको मन्त्रिरपरिषद बैठकले अधिवेशन आह्वानको लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो।