काठमाडौं - युरोकप फुटबलको समूह चरणका खेलहरु गएराति टुंगिएको छ । यससँगै, साविक विजेता पोर्चुगलले अन्तिम १६ मा फिफा वरियतामा विश्व नम्बर १ बेल्जियमसँग खेल्ने तय भएको छ ।

त्यस्तै, तीनपटकको विजेता जर्मनीले इंग्ल्याण्डसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
यी दुई खेललाई रोचक हुने अनुमान फुटबल पण्डितहरुले गरेका छन् ।
अब प्रिक्वाटरफाइनलका खेलहरु शनिबारदेखि सुरु हुनेछन् ।
अन्तिम १६ मा को को भिड्नेछन् ?
त्यसैगरी, वेल्सविरुद्ध डेनमार्क, इटलीविरुद्ध अष्ट्रिया, नेदरल्याण्ड्सविरुद्ध चेक रिपब्लिक अन्तिम १६ मा प्रतिस्पर्धा गर्ने तय भएको छ ।
यस्तै, क्रोएसियाविरुद्ध स्पेन, फ्रान्सविरुद्ध स्विट्जरल्याण्ड र स्विडेनविरुद्ध युक्रेन आमने सामने हुनेछन् ।
