Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
युरोकप :

'ग्रुप अफ डेथ' छिचोल्दै जर्मनी र पोर्चुगल अन्तिम १६ मा, फ्रान्स समूह विजेता (४ तस्बिरसहित)

'ग्रुप अफ डेथ' छिचोल्दै जर्मनी र पोर्चुगल अन्तिम १६ मा, फ्रान्स समूह विजेता (४ तस्बिरसहित)

फराकिलो जित निकाल्दै स्पेन पनि पुग्यो दोस्रो चरणमा
  • बिहिवार, आषाढ १० २०७८

  • 1.0K
    SHARES

  • 'ग्रुप अफ डेथ' छिचोल्दै जर्मनी र पोर्चुगल अन्तिम १६ मा, फ्रान्स समूह विजेता (४ तस्बिरसहित)

    काठमाडौँ - युरोकप फुटबलअन्तर्गत ग्रुप अफ डेथ मानिएको समुह एफबाट जर्मनी र पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेका छन् । यसअघि नै दोस्रो चरणमा पुगेको फ्रान्स गएराति पोर्चुलसँग बराबरी खेल्दै दोस्रो चरणमा पुगेको छ ।

    गएराति भएको समूह एफको अन्तिम खेलमा फ्रान्स र पोर्चुगल २–२ गोलको बराबरीमा रोकिएका थिए ।

    फ्रान्सका लागि दुवै गोल करिम बेन्जमाले गरेका थिए भने पोर्चुगलका लागि दुवै गोल क्रिस्टियानो रोनाल्डोले गरेका थिए ।

    त्यस्तै यसै समुहको अर्को खेलमा जर्मनी र हंगेरी पनि २–२ गोलको बराबरीमा रोकिएका छन् ।

    download.jpg

    जर्मनीका काइ हाभेर्ट र लिओन गोरेत्जकाले एक-एक गोल गरेका थिए भने हंगेरीका लागि एडम स्जलाई र आन्द्रेज स्काफेरले एक एक गोल गरेका थिए ।

    समूह एफबाट फ्रान्स ३ खेलमा एक जित र दुई बराबरीसहित ५ अंकसहित समुहमा पहिलो हुँदै नकआउट चरणमा गएको छ । त्यस्तै जर्मनीले एक जित एक बराबरी र एक हारसहित ४ अंक बटुल्दै दोस्रो हुदै नकआउट चरणमा पुगेको छ ।

    BenzemaJPG.jpg

    त्यस्तै पोर्चुगल पनि ३ खेलमा एक जित, एक बराबरी र एक हारसहित ४ अंक बटुल्दै तेस्रो स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेको छ ।

    समान अंक र गोलअन्तर भए पनि डेड टु हेडका आधारमा पोर्चुगल तेस्रो स्थानमा रहेको हो ।


    पोर्चुगलले तेस्रो स्थानमा रहेका ६ टिम मध्ये उत्कृष्ट चारमा स्थान बनाउँदै नकआउट चरणमा पुगेको छ ।

    त्यस्तै यस समुहबाट हंगेरी एक हार र दुई बराबरीसहित २ अंक बटुल्दै समुहमा चौथो भएर प्रतियोगिताबाट बाहिरिएको छ ।
    समूह एफमा विश्व विजेता फ्रान्स, साविक विजेता पोर्चुगल, तीनपटकको विजेता जर्मनी र परम्परागत शक्ति हंगेरी रहेकाले यसलाई ग्रुप अफ डेथ भनिएको थियो ।

    त्यसैगरी, समूह बीअन्तर्गत गएराति भएको खेलमा स्लोभाकियालाई ५ - ० को फराकिलोे जित निकाल्दै स्पेन युरोकपको अन्तिम १६ मा प्रवेश गरेको छ ।

    स्पेनको जितमा एमेरिक लापोर्टे, पावलो सारविया र फरान डोरेसले एक एक गोल गरे । स्पेनले दुई गोल भने उपहार पाएको हो ।

    https___blankpaper.htdigital.in_cms-backend-service-mt_image_redirect_link=https___blankpaper.htdigital.in_wire-images_AP_2021_6_23_e3dc36be357b4edc94a9021d7e2f14d7-e3dc36be357b4edc94a9021d7e2f14d7-1_1624471251726_16.webp

    सोही समूहको अर्को खेलमा स्विडेनले पोल्याण्डलाई ३-२ ले पराजित गरेको छ । यससँगै स्विेडन समूह ई को विजेता भएको छ । स्पेन भने उपविजेतामा सीमित भएको छ ।

    हारसँगै स्लोभाकिया र पोल्याण्ड भने प्रतियोगिताबाट बाहिरिएका छन् ।

     


    बिहिवार, आषाढ १० २०७८०७:४७:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij