Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images
युरोकप :

इंग्ल्याण्ड समूह विजेता बन्दै अन्तिम १६ मा, क्रोएसिया उपविजेता

इंग्ल्याण्ड समूह विजेता बन्दै अन्तिम १६ मा, क्रोएसिया उपविजेता

हारका बाबजुद चेक रिपब्लिक पनि पुग्यो दोस्रो चरणमा
  • बुधवार, आषाढ ९ २०७८

  • 830
    SHARES

  • इंग्ल्याण्ड समूह विजेता बन्दै अन्तिम १६ मा, क्रोएसिया उपविजेता

    एजेन्सी - इंग्ल्यान्ड समूह डीको विजेता बन्दै युरोकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।

    गएराति समूह चरणको अन्तिम खेलमा चेक रिपब्लिकलाई १–० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो ।

    इंग्ल्याण्डको जितमा १२औं मिनेटमा रहिम स्ट्रर्लिङले निर्णायक गोल गरेका थिए।

    शीर्ष स्थानमा रहेको इंग्ल्यान्डले ३ खेलमा ७ अंक जोड्यो । चेक रिपब्लिकले ३ खेलमा ४ अंक जोड्यो। चेक रिपब्लिक समूहको तेस्रो स्थानमा रह्या ।

    हारपछि पनि चेक रिपब्लिक पनि नकआउट चरणमा प्रवेश गरेको छ । उत्कृष्ट तेस्रो हुँदै चेक रिपब्लिक अन्तिम १६ मा पुगेको हो ।

    त्यस्तै, गएराति नै भएको खेलमा स्कटल्याण्डलाई ३-१ ले पराजित गर्दै क्रोएसिया पनि अन्तिम १६ मा पुगेको छ ।

    551f2e7fd4b3fc8160b845c2852bb3a1_w1000_h500_cp.jpg

    चेक रिपब्लिकसँग समान अंक र गोलअन्तर हुनका बाबजुद क्रोएसिया बढी गोल गरेका आधारमा समूहको उपविजेता बनेको हो ।

     


    बुधवार, आषाढ ९ २०७८०६:२७:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij