Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images
युरोकपमा आज दुई खेल हुँदै :

दोस्रो चरणमा जाने इंग्ल्यान्डको लक्ष्य

दोस्रो चरणमा जाने इंग्ल्यान्डको लक्ष्य

  • मंगलवार, आषाढ ८ २०७८

  • 554
    SHARES

  • दोस्रो चरणमा जाने इंग्ल्यान्डको लक्ष्य

    एजेन्सी –१६ औं संस्करणको युरोकप फुटबलमा आज दुई खेल हुँदैछन् ।

    युरोकपको समूह चरणअन्तर्गत आज राति समूह ‘डी’ का दुई खेल हुनेछन् । जसमा इंग्ल्यान्ड र चेक रिपब्लिक तथा क्रोएसिया र स्कटल्यान्ड भिड्ने छन् ।

    इंग्ल्यान्डले वेम्बली स्टेडियममा चेक रिपब्लिकसँग खेल्नेछ । दुई टिमबीचको खेल राति पौने १ बजे सुरु हुनेछ । पहिलो खेलमा क्रिाएसियालाई १–० ले पराजित गरेको इंग्ल्यान्ड दोस्रो चरणमा स्कटल्यान्डसँग बराबरीमा रोकिएको थियो । यसर्थ, दोस्रो चरणमा स्थान पक्का गर्न दाबेलदार मानिएको इंल्यान्डले आजको खेल जित्नुपर्ने वा बराबरी गर्नुपर्ने हुन्छ ।

    आफ्नो टोली आज जित्नकै लागि मैदानमा उत्रने प्रमुख प्रशिक्षक ग्यारेथ साउथगेटले बताइसकेका छन् ।

    यसै समूहको अर्को खेलमा क्रोएसिया र स्कटल्यान्ड भिड्ने छन् । दुई टिमबीचको खेल राति पौने १ बजे नै सुरु हुनेछ ।

     


    मंगलवार, आषाढ ८ २०७८०४:११:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij