Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
कोपा अमेरिकामा मंगलबार दुई खेल हुँदै :

अर्जेन्टिनाको दोस्रो चरणमा जाने लक्ष्य, पहिलो जितको खोजीमा उरुग्वे

अर्जेन्टिनाको दोस्रो चरणमा जाने लक्ष्य, पहिलो जितको खोजीमा उरुग्वे

  • सोमवार, आषाढ ७ २०७८

  • 1.3K
    SHARES

  • अर्जेन्टिनाको दोस्रो चरणमा जाने लक्ष्य, पहिलो जितको खोजीमा उरुग्वे

    काठमाडौं – ब्राजिलमा जारी ४७ औँ कोपा अमेरिका फुटबलअन्तर्गत मंगलबार बिहान समूह एका दुईवटा खेल हुँदैछन् । पहिले खेल नेपाली समयअनुसार मध्यराति २ः४५ बजे उरुग्वे र चिलीबीच हुँदैछ । त्यस्तै, दोस्रो खेल अर्जेन्टिना र पाराग्वेबीच बिहान ५ः४५ बजे हुँदैछ ।

    जारी प्रतियोगितामा अर्जेन्टिना अपराजित छ । उसले दुई खेल खेलेको छ जसमा एक खेल जितेको छ भने एक खेल बराबरी खेलेको छ ।

    अर्जेन्टिनाले पहिलो खेल चिलीसँग खेलेको थियो । सो खेल १–१ को बराबरीमा टुंगिएको थियो । अर्जेन्टिनाका लागि कप्तान लियोनल मेसीले फ्रिकिकमार्फत गोल गरेका थिए ।

    दोस्रो खेलमा भने अर्जेन्टिनाले उरुग्वेलाई १–० ले हराएको थियो ।

    मंगलबार बिहान पाराग्वेविरुद्ध जित निकालेमा अर्जेन्टिना दोस्रो चरणमा जानेछ ।

    अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले पनि आफ्नो टोली शतप्रतिशत् नतिजाका लागि खेल्ने बताएका छन् । खेल जित्दै आफ्नो टोली दोस्रो चरणमा जाने उनको दाबी छ ।

    यता, कोपा अमेरिका सर्वाधिक १५ पटक जितेको उरुग्वे भने पहिलो जितको खोजीमा छ । चिलीविरुद्ध सुखद नतिजा ल्याउँदै दोस्रो चरणमा जाने सम्भावना बलियो बनाउँदै जाने दाउमा उ हुनेछ ।

    प्रशिक्षक ओस्कार टाबरेजले पनि आफ्नो टोली शतप्रतिशत् जित निकाल्ने दबाबमा रहेको बताएका छन् ।

    समूह एमा चिली पहिलो, अर्जेन्टिना दोस्रो र पारग्वे तेस्रो स्थानमा छन् ।

    अर्जेन्टिना र चिलीको समान ४–४ अंक छ भने पाराग्वेको ३ अंक छ ।

    उरुग्वे र बोलिभियाले भने हालसम्म खाता खोल्न सकेका छैनन् ।

    प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा बाँडिएको छ । प्रत्येक समूहबाट शीर्ष स्थानमा रहेका चार टोली दोस्रो चरणमा जानेछन् ।
    हालसम्म आयोजक ब्राजिल मात्र दोस्रो चरणमा पुगेको छ । ब्राजिल समूह बीमा छ ।

     


    सोमवार, आषाढ ७ २०७८०४:०५:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij