Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

इटाली समूह विजेता बन्दै युरोकपको अन्तिम १६ मा प्रवेश

इटाली समूह विजेता बन्दै युरोकपको अन्तिम १६ मा प्रवेश

वेल्स पनि पुग्यो दोस्रो चरणमा
  • सोमवार, आषाढ ७ २०७८

  • 961
    SHARES

  • इटाली समूह विजेता बन्दै युरोकपको अन्तिम १६ मा प्रवेश

    काठमाडौँ । इटाली र वेल्स युरोकपको नकआउटमा प्रवेश गरेका छन् । समूह विजेता बन्दै इटाली अन्तिम १६ मा प्रवेश गरेको हो ।

    रोममा गय राति समूह चरणको अन्तिम खेलमा वेल्सलाई १-० ले पराजित गर्दै इटाली समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो ।

    वेल्सविरुद्ध इटालीका माटियो पेसीनाले ३९औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

    खेलको ५६औँ मिनेटमा इथान एम्पडुले रातो कार्ड पाएपछि वेल्स १० खेलाडीमा समेटिएको थियो । त्यसपछि पनि उसले इटालीलाई गोल गर्न दिएन । जितसँगै समूह ‘ए’ को इटालीले समूह चरणमा शतप्रतिशत जित निकालेको छ । इटालीले ३ खेलमा ९ अंक जोड्यो ।

    इटालीसँग पराजित भएपनि वेल्स उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । समूह चरणमा पहिलो हार व्यहोरेको वेल्स ३ खेलमा ४ अंक जोड्दै समूहको दोस्रो स्थानमा रहेको छ ।


    सोमवार, आषाढ ७ २०७८०६:५५:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij