Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

गण्डकीमा मिल्यो भागबण्डा : कुन दलले पाए कति मन्त्रालय ?

गण्डकीमा मिल्यो भागबण्डा : कुन दलले पाए कति मन्त्रालय ?

  • शनिवार, आषाढ ५ २०७८

  • 1.9K
    SHARES

  • गण्डकीमा मिल्यो भागबण्डा : कुन दलले पाए कति मन्त्रालय ?

    काठमाडौं – गण्डकी प्रदेशमा नयाँ सरकार बनाएको गठबन्धनले मन्त्रालयको भागबण्डाको टुंगो लगाएको छ । मुख्यमन्त्री कार्यालय सहित ११ मन्त्रालय रहेको गण्डकीमा नेपाली कांग्रेस र माओवादी केन्द्रले ४-४ मन्त्रालय पाउने भएका छन् ।

    त्यस्तै, जनता समाजवादी पार्टी (जसपा)ले दुई मन्त्रालय प्राप्त गर्ने टुङ्गो लागेको छ । कांग्रेसले मुख्यमन्त्रीसहित ४ मन्त्रालय पाउने भएको हो । कांग्रेसबाट कुमार खड्का मन्त्री बनिसक्नु भएको छ । कांग्रेसबाट थप दुईजना मन्त्री थपिनेछन् । मन्त्रीका आकांक्षी १२ जनाभन्दा बढी सांसद रहेको बताइएको छ ।

    सत्ता गठबन्धनको अर्को हिस्सेदार माओवादी केन्द्रबाट मधुमाया अधिकारी गुरुङ मन्त्री बनिसक्नु भएको छ । माओवादीबाट अब तीन मन्त्री थपिनेछन् । सभामुख नेत्रनाथ अधिकारी सहित १२ जना सांसद माओवादी केन्द्रका छन् । सभामुख अधिकारी र मन्त्रीको सपथ लिएकी गुरुङबाहेक सबैले मन्त्रीको दाबी गरेका छन् ।

    गठबन्धनको अर्को दल जसपाका दुई सांसद नै मन्त्री बन्ने भएका छन् । उक्त दलबाट हरिशरण आचार्य मन्त्री बनिसक्नु भएको छ । उक्त दलबाट गत शनिबार सपथ लिन नपाएको भन्दै धनमाया पोखरेल (लामा)ले असन्तुष्टि राख्नुभएको छ । स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)ले पनि मन्त्रीको सपथ लिइसक्नुभएको छ । गत शनिबार मुख्यमन्त्री पोखरेलसहित मन्त्रीको सपथ लिएका सबैलाई विना विभागीयमन्त्री बनाइएको थियो।

    भागबन्डामा संख्याको टुङ्गो लागे पनि कुन दललाई कुन मन्त्रालयको जिम्मेवारी दिनेमा निर्णय हुन सकेको छैन । माओवादी केन्द्रका सांसद दीपक कोइरालाका अनुसार सङ्ख्यामा निश्चित गरे पनि कुन दलले कुन मन्त्रालय पाउने निर्णय हुन केही दिन लाग्ने भएको छ ।

     


    शनिवार, आषाढ ५ २०७८१२:१०:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij