Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images
युरोकप :

चेक रिपब्लिक र क्रोएसियाको बराबरी

चेक रिपब्लिक र क्रोएसियाको बराबरी

  • शनिवार, आषाढ ५ २०७८

  • 1.4K
    SHARES

  • चेक रिपब्लिक र क्रोएसियाको बराबरी

    एजेन्सी । क्रोएसियाले १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत दोस्रो खेलमा चेक रिपब्लिकसँग बराबरी खेल्दै अंक बाडेको छ ।

    हाम्पडेन पार्कमा शुक्रबार राति भएको खेलमा क्रोएसियाले चेक रिपब्लिकसँग ११ गोलको बराबरी खेलेको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुवाती अग्रता भने चेक रिपब्लिकले बनाएको थियो ।

    खेलको ३७ औं मिनेटमा प्याट्रिक शिकले पेनाल्टीमा गोल गर्दै चेक रिपब्लिकलाई सुरुवाती अग्रता दिलाएका थिए ।

    क्रोएसियाका डेजान लेभ्रोनले प्याट्रिकलाई फउल गरेपछि भीएआरको सहायताबाट चेक रिपब्लिकले पेनाल्टीको अवसर पाएको थियो । जसमा उनले सहजै गोल गरे ।

    तर, खेलको ४७ औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई हारबाट जोगाए । उनले आन्द्रे कर्मारीचको पासमा गोल गरेका हुन् ।


    शनिवार, आषाढ ५ २०७८०६:४४:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij