Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

इंग्ल्याण्ड स्कटल्याण्डसँग बराबरीमा रोकियो

इंग्ल्याण्ड स्कटल्याण्डसँग बराबरीमा रोकियो

  • शनिवार, आषाढ ५ २०७८

  • 886
    SHARES

  • इंग्ल्याण्ड स्कटल्याण्डसँग बराबरीमा रोकियो

    एजेन्सी । युरोकप फुटबलमा इंग्ल्यान्ड र स्कटल्याण्डले बराबरी खेल्दै अंक बाडेका छन् ।

    शुक्रबार राति भएको खेलमा इंग्ल्यान्ड र स्कटल्याण्डले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन् । खेलमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् ।

    बराबरीसँगै समूह ‘डी’ को इंग्ल्यान्डले २ खेलमा ४ अंक जोडेको छ । इंग्ल्यान्ड समूहको दोस्रो स्थानमा रहेको छ । पहिलो खेलमा इंग्ल्यान्डले क्रोएसियालाई १–० गोल अन्तरले हराएको थियो ।

    स्कटल्याण्डको भने यो पहिलो अंक हो । स्कटल्याण्डले २ खेलमा १ अंक जोडेको छ ।

    पुछारमा रहेको स्कटल्याण्ड पहिलो खेलमा चेक रिपब्लिकसँग २–० गोल अन्तरले स्तब्ध भएको थियो ।


    शनिवार, आषाढ ५ २०७८०६:४१:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij