Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

  • शुक्रवार, आषाढ ४ २०७८

  • 1.1K
    SHARES

  • गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

    काठमाडौँँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा विश्वासको मत पाउनु भएको छ । आज पोखरेलले आफूलाई प्रदेशसभाको विश्वास छ भनीको प्रस्ताव बहुमतबाट पारित भएको सभामुख नेत्रनाथ अधिकारीले घोषणा गर्नु भएको छ ।

    पोखरेलले पक्षमा ३१ सांसदले मतदान गरेका छन्। ५८ सांसदले मतदान गरेकामा नेकपा एमालेका २७ सांसदले भने विपक्षमा मतदान गरेका थिए ।

    नेपाली कांग्रेस संसदीय दलका नेता पोखरेल माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थनमा संविधानको धारा १६८ ९५० अनुसार मुख्यमन्त्री नियुक्त हुनु भएको थियो।

    ५९ सदस्यीय प्रदेशसभामा विश्वासको मत पाउन ३० मत आवश्यक पर्छ । प्रदेशसभामा विपक्षी दल एमालेको २७, नेपाली कांग्रेसको १५, माओवादी केन्द्रको सभामुखसहित १२, राष्ट्रिय जनमोर्चाको २, जनता समाजवादी पार्टीको २ सांसद छन् भने एक जना स्वतन्त्र सांसद छन् ।

    राष्ट्रिय जनमोर्चाबाट निर्वाचित भएका सांसद कृष्ण थापालाई भने उहाको दलले निष्कासन गरेका कारण पदमुक्त हुनु भएको छ।


    शुक्रवार, आषाढ ४ २०७८०४:५७:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij