Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
युरोकप :

इटाली बन्यो नकआउट चरणमा पुग्ने पहिलो टोली

इटाली बन्यो नकआउट चरणमा पुग्ने पहिलो टोली

  • बिहिवार, आषाढ ३ २०७८

  • 1.0K
    SHARES

  • इटाली बन्यो नकआउट चरणमा पुग्ने पहिलो टोली

    एजेन्सी । इटाली जारी युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।

    रोममा बुधबार राति भएको समूह चरणको दोस्रो खेलमा स्वीट्जरल्याण्डलाई ३-० गोलले पराजित गर्दै इटाली समूह ए बाट नकआउट चरणमा प्रवेश गरेको हो ।

    ओलम्पिक स्टेडियममा इटालीलाई जित दिलाउन म्यानुएल लोकाटेलीले दुई गोल गरे । सिरो इमोबाइलको नाममा एक गोल रह्यो ।

    लगातार दोस्रो जित निकालेको इटालीले २ खेलमा ६ अंक जोडेको छ । इटाली समूहको शीर्ष स्थानमा रहेको छ । पहिलो खेलमा इटालीले टर्कीलाई ३-० ले हराएको थियो ।

    समूहको तेस्रो स्थानमा रहेको स्वीट्जरल्याण्डको यो पहिलो हार हो । स्वीट्जरल्याण्डले २ खेलमा १ अंक जोडेको छ ।  उसले पहिलो खेलमा वेल्ससँग १–१ गोलको बराबरी खेलेको थियो ।


    बिहिवार, आषाढ ३ २०७८०७:३३:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij