Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपाल सिधै एसियन कप छनोटको तेस्रो चरणमा, प्लेअफ खेल्न नपर्ने

नेपाल सिधै एसियन कप छनोटको तेस्रो चरणमा, प्लेअफ खेल्न नपर्ने

  • बुधवार, आषाढ २ २०७८

  • 1.2K
    SHARES

  • नेपाल सिधै एसियन कप छनोटको तेस्रो चरणमा, प्लेअफ खेल्न नपर्ने

    काठमाडौं – नेपालले सन् २०२३ मा चीनमा हुने एसियन कप फुटबल प्रतियोगितामा छनोटका लागि प्लेअफ खेल्न नपर्ने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) को नयाँ नियमअनुसार नेपालले अब एसिया कप छनोटको तेस्रो चरणको खेल खेल्नेछ ।

    विश्वकप २०२२ र एसिया कप २०२३ को दोस्रो चरणको छनोट खेल सकिएपछि एएफसीले आज एसियन कप छनोटको तेस्रो चरणको खेल खेल्ने टिमको नाम सार्वजनिक गरेको छ ।

    एसियाली क्षेत्रको छनोट खेलेका ८ समूहका शीर्ष आठ टिम र दोस्रो हुनेमध्ये उत्कृष्ट चार टिमसँगै आयोजक चीन सिधै एसिया कपका लागि छनोट भएका छन् । त्यसबाहेक छनोट खेलमा दोस्रो हुने तीन टिम, तेस्रो हुने र चौथो हुने आठ–आठ टिम अनि पाँचौ हुनेमध्ये उत्कृष्ट ३ टिम गरी २२ टिमले एसिया कपको तेस्रो चरणको छनोट खेल खेल्नेछन् ।

    यसअघि चौथो हुने आठमध्ये उत्कृष्ट चार टिममात्रै तेस्रो चरणमा छनोट हुने र बाँकीले प्लेअफ खेल्ने एएफसीको नियम थियो ।

    एसियन कप छनोटका लागि कुल २४ टिमले प्रतिस्पर्धा गर्नेछन् । अब दोस्रो चरणको छनोटमा अन्तिम हुने चार टिमले प्लेअफ खेल्नेछन् र त्यसबाट शीर्ष दुई टिम तेस्रो चरणको छनोटमा पुग्नेछन् ।

     


    बुधवार, आषाढ २ २०७८०३:०७:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij