Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images
युरोकपमा आज तीन खेल हुँदै :

रसिया र बेल्जियम भिड्दै, हाजार्ड र डे ब्रुयने खेल्ने सम्भावना कति ?

रसिया र बेल्जियम भिड्दै, हाजार्ड र डे ब्रुयने खेल्ने सम्भावना कति ?

  • शनिवार, जेठ २९ २०७८

  • 1.3K
    SHARES

  • रसिया र बेल्जियम भिड्दै, हाजार्ड र डे ब्रुयने खेल्ने सम्भावना कति ?

    काठमाडौं – युरोपियन च्याम्पियनसिप (युरोकप) फुटबल प्रतियोगिताअन्तर्गत आज तीन खेल हुँदैछन् ।

    पहिलो खेल वेल्स र विट्जरल्यान्डबीच हुँदैछ । यो खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजे अजरबैजानको बाकूमा हुनेछ ।
    त्यस्तै, अर्को खेल डेनमार्क र फिनल्यान्डबीच हुनेछ । यो खेल डेनमार्कको कोपनहेगनमा हुनेछ ।

    त्यसैगरी, अर्को खेल रसिया र बेल्जियमबीच हुनेछ । यो खेल मध्यराति १२ः४५ बजे रसियामा हुँदैछ ।

    रसिया र बेल्जियमबीचको खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । बेल्जियम स्टार खेलाडीले भरिएको छ भने रसिया घरेलु मैदानमा खेल्दैछ ।

    a4eea565729828ec799663b093e13898.jpg

    रसियाले टिम गेम खेल्ने गर्छ । यता, बेल्जियमलाई भने केही धक्का लाग्ने सम्भावना देखिएको छ । उसका कस्तान इडेन हाजार्ड र अर्का भरपर्दा खेलाडी केभिन डे ब्रुयने आज खेल्ने वा नखेल्ने भन्ने अन्यौल कायमै रहेको बताइएको छ । उनीहरु दुवैजना पूर्ण रुपमा फिट नभएकाले आजको खेल गुमाउनसक्ने अधिकांश सञ्चारमाध्यहरुले बताएका छन् । 


    शनिवार, जेठ २९ २०७८०३:५१:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij