Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
युरोकपको उद्घाटन खेलमा आज टर्की र इटाली भिड्दै :

कुन समूहमा कुन–कुन टोली छन्, ग्रुप अफ डेथमा को–को परे ?

कुन समूहमा कुन–कुन टोली छन्, ग्रुप अफ डेथमा को–को परे ?

  • शुक्रवार, जेठ २८ २०७८

  • 1.2K
    SHARES

  • कुन समूहमा कुन–कुन टोली छन्, ग्रुप अफ डेथमा को–को परे ?

    काठमाडौं – युरोप महाद्धिपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता युरोपियन च्याम्पियनसिप (युरोकप) आजबाट शुरू हुँदैछ ।

    सन् २०२० मा तय गरिएको युरो कप कोभिड महामारीका कारण स्थगित भएपछि यो वर्ष सञ्चालन गर्न लागिएको हो । आज राति पौने १ बजे टर्की र इटालीको खेलसँगै एक महिनासम्म चल्ने युरोकप सुरु हुनेछ । उद्घाटन खेलमा खेलमा १६ हजार समर्थकको उपस्थिति रहने विश्वास गरिएको छ । खेल इटालीको राजधानी रोममा हुँदैछ ।

    maxresdefault.jpg

    यसभन्दा अघि बढीमा दुई देशमा आयोजना गरिने गरेको युरोकप यसपटक यरोपका विभिन्न ११ देशका ११ वटै शहरमा आयोजना हुँदैछ ।
    खेल हुने शहरहरुमा स्कटल्याण्डको ग्लास्को, युकेको लन्डन, रसियाको सेन्ट पिटर्स्वर्ग, नेदरल्यान्डस्को एम्स्टरड्याम, अजरबैजानको बाकु, रोमानियाको बुकारेस्ट, हंगेरीको बुडापेस्ट, डेनमार्कको कोपनहेगन, जर्मनीको म्युनिख, इटालीको रोम र स्पेनको सेभिल्ला रहेका छन् ।

    प्रतियोगिताका लागि २४ वटा देशहरुलाई ६ समूहमा बाँडिएको छ । योपटक सबै छनोट भएरै प्रतियोगितामा सहभागी भएका हुन् । यसअघि आयोजक देशले छनोट खेल खेल्नुपर्दैन थियो । 

    ६ समूहमध्ये समूह एफलाई ग्रुप अफ डेथ अर्थात मृत्युको समूह मानिएको छ । यस समूहमा विश्वविजेता फ्रान्स, तीनपटकको युरोकप विजेता जर्मनी, डिफेन्डिङ च्याम्पियन पोर्चुगल र दुईपटक विश्वकपको फाइनलमा पुगेको हंगेरी छन् । पोर्चुगलमा क्रिश्टियानो रोनाल्डो, ब्रुनो फर्नाण्डेज जस्ता खेलाडी छन् भने फ्रान्समा केलियन एम्बापे, एन्टोइन ग्रिजमन र करिम बन्जेमा जस्ता स्टार खेलाडी छन् ।

    thomas_mueller_of_germany_xleftx_kylian_mbappe_of_france_xcenterx_and_cristiano_ronaldo_of_portugal_xrightx__xgettyx_2.jpg_1055622710.jpg

    त्यस्तै, जर्मन टोलीमा सबै खेलाडीको प्रायः उस्तै स्तरका छन् । जर्मनी टिम गेम खेल्ने टोली हो । यद्यपि, करिब दुई वर्षपछि टोलीमा फर्किएका थोमस मुलरलाई अनुभवका आधारमा स्टार खेलाडी मान्न सकिन्छ । 

    समूह विजेता र उपविजेता सिधै दोस्रो चरणमा जान्छन् भने ६ मध्ये चार उत्कृष्ट हुने तेस्रो स्थानका टोलीले पनि अन्तिम १६ मा स्थान बनाउनेछन् ।

    अन्तिम १६ मा जानका लागि ग्रुप अफ डेथमा रहेका टोलीले कम्तीमा पनि अंक चार अंक ल्याउन अनिवार्य छ । कतिपय टोली तीन अंक ल्याउँदा पनि अन्तिम १६ मा पुगेका छन् । तर, त्यो अरु टोलीको अतिजामा भर पर्छ । चार अंक ल्याउन एक जित र एक बराबरी आवश्यक हुन्छ ।

    फिनल्यान्ड र नर्थ मेसेडोनिया पहिलोपटक युरोकप खेल्ने टोली हुन् ।

    यस्तो छ समूह विभाजन :

    001327bc-614.jpg

    समूह एः

    इटाली, स्विट्जरल्यान्ड, टर्की, वेल्स

    समूह बीः

    बेल्जियम, डेनमार्क, फिनल्यान्ड, रसिया

    समूह सीः

    अस्ट्रिया, नेदरल्यान्डस्, नर्थ म्यासेडोनिया, युक्रेन

    समूह डीः

    क्रोएसिया, चेक रिपब्लिक, इङ्ल्यान्ड, स्कटल्याण्ड

    समूह ईः

    पोल्यान्ड, स्लोभाकिया, स्पेन, स्विडेन

    समूह एफः

    फ्रान्स, जर्मनी, हङ्गेरी, पोर्चुगल ।

    (एजेन्सीको सहयोगमा)


    शुक्रवार, जेठ २८ २०७८०१:२७:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij