Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

युरोकपका लागि डिसहोमले ल्यायो ‘मेरो मनको दोस्रो देश’ अभियान (विज्ञप्तिसहित)

युरोकपका लागि डिसहोमले ल्यायो ‘मेरो मनको दोस्रो देश’ अभियान (विज्ञप्तिसहित)

  • सोमवार, जेठ २४ २०७८

  • 1.2K
    SHARES

  • युरोकपका लागि डिसहोमले ल्यायो ‘मेरो मनको दोस्रो देश’ अभियान (विज्ञप्तिसहित)

    काठमाडौं - नजिक आइरहेको युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता युइएफए युरोपियन च्याम्पियनसिप (युरो कप) २०२० का फुटबलप्रेमी तथा दर्शकहरुलाई लक्षित गरी डिसहोम नेपालले नयाँ अभियान ‘मेरो मनको दोस्रो देश’ सुरु गरेको छ । गत वर्ष महामारीको कारण रद्ध गरिएको युरोकप २०२० यस वर्ष प्रसारण गर्न आफूहरु सम्पूर्ण रुपमा तयार रहेको आज एक विज्ञप्ति जारी गर्दै डिसहोमले जनाएको छ ।

    Feature-Image-big-10-players-first.jpg

    दर्शकहरुले युरोकप डिसहोमको एचडी च्यानल एक्सन स्पोर्टस्मा हेर्न सक्ने प्रबन्ध निर्देशक सुदीप आचार्यले जानकारी दिनुभयो ।

    ‘सामाजिक संजालहरुमा #MeroMankoDosroDesh ट्रेन्ड गराइ यस योजनाले फुटबल प्रतियोगितालाई दर्शकहरु बीच रोमान्चकारी बनाउने छ’, विज्ञप्तिमा भनिएको छ , ‘यसअन्तर्गत फ्यानहरुले आफूले समर्थन गरेको आफ्नो मनको दोस्रो देशलाई ट्याग गर्न सक्दछन् । यस माध्यमबाट उनीहरुले आफ्नो पक्ष र विपक्षको टिमलाई अरु कसले समर्थन गरिरहेका छन् भन्नेबारे जानकारी प्राप्त गर्नेछन् ।’

    अभियानमा भाग लिनेहरुका लागि डिसहोमले विभिन्न सर्त राखेको छ ।

    युरोकप युरोपका विभिन्न ११ देशका ११ वटै शहरमा यही जुन ११ देखि जुलाई ११ सम्म हुनेछ । इंग्ल्याण्ड, फ्रान्स, बेल्जियम, पोर्चुगल, स्पेन, इटाली, जर्मनी, नेदरल्याण्डस् आदि देशलाई युरोकपको दाबेदार मानिएको छ ।

    diss_81yvXFJ.jpg

    यस्तो छ डिसहोमको विज्ञप्ति :

    डिसहोमको नयाँ अभियान “मेरो मनको दोस्रो देश”

    डिसहोम नेपालको सबैभन्दा ठूलो एचडी र डिजिटल टेलिभिजन च्यानलहरुको प्रशारण र प्रशारण सेवाको सञ्चालक हो । नेपालका ७७ वटै जिल्लामा सेवा सञ्चालन भएसँगै यो नेपालका सम्पूर्ण बजारमा सक्रिय रहेको छ ।
    नजिक आइरहेको युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता यूईएफए यूरो २०२० का फुटबल प्रेमी दर्शकहरुलाई लक्षित गरि डिसहोमले आफ्नो नयाँ अभियान मेरा मनको दोस्रो देश #MeroMankoDosroDesh सुरु गरेको छ । गत वर्ष महामारीको कारण रद्ध गरिएको यूईएफए यूरो २०२० यस वर्ष प्रसारण गर्न डिसहोम संपूर्ण रुपमा तयार रहेको छ ।
    दर्शकहरुले यो फुटबल प्रतियोगिता डिसहोमको एच.डि च्यानल एक्सन स्पोर्टस्मा हेर्न सक्नेछन् । सामाजिक संजालहरुमा #MeroMankoDosroDesh ट्रेन्ड गराइ यस योजनाले फुटबल प्रतियोगितालाई दर्शकहरु बीच रोमान्चकारी बनाउने छ । यस अन्तर्गत फ्यानहरुले आफूँले प्रशंसा र समर्थन गरेको आफ्नो मनको दोस्रो देशलाई ट्याग गर्न सक्दछन् । यस माध्यमबाट उनीहरुले आफ्नो पक्ष र विपक्ष टीमलाई अरु कसले समर्थन गरिरहेका छन् भन्ने बारे जानकारी प्राप्त गर्नेछन् ।
    हरेक नागरिकको अनन्त प्रेम र समर्थन आफ्नै देशका लागि हुन्छ भने खेलमा भाग नलिएका देशका नागरिकको पनि आफ्नै समर्थनको दोस्रो देश हुन्छ । यस अभियानले प्रशंसकहरुलाई उनीहरुको दोस्रो देशको साथ खेलमा आनन्दित हुने अवसर सिर्जना गर्दछ । यस अभियानबाट डिसहोमले समय समयमा कुन देशका सबै भन्दा धेरै समर्थक छन् भन्ने विवरण पनि निकाल्नेछ । जुन ह्यास्ट्यागरको मनको दोस्रो देश फाइनलमा जान्छ र खेल जित्छ, उनैले भाग्यशाली ड्र मार्फत बम्पर इनाम पनि जित्नेछ । यस बाहेक, फ्यानहरुले सामाजिक संजालमा प्रतियोगिताको भविष्यवाणीमा भाग लिइ विभिन्न उपहारहरु जित्न सक्नेछन् ।

    अभियानमा भाग लिनका लागि सर्त तथा नियम

    -सहभागीहरुले डिसहोमको फेसबुक पेज लाइक गर्नुपर्नेछ ।

    -सहभागीहरुले आफ्नो फेसबुकको पोस्टमा अनिवार्य रुपमा #MeroMankoDosroDesh गर्नुपर्नेछ र आपूँmले समर्थन गरेको देशको नाम उल्लेख गर्नुपर्नेछ ।

    -खेलको बीच अन्तरालमा समर्थन गरिएको देश परिवर्तन गर्न पाइने छैन ।

    -प्रतियोगिताको क्वाटर फाइनल सम्मको ह्यास्ट्याग मात्र लक्की ड्रमा गणना हुनेछ । सहभागीहरुले खेलको अन्त्य सम्म आफ्नो मनको देशलाई समर्थन गरि #MeroMankoDosroDesh संगै खेल सम्बन्धित पोस्ट गर्न सक्नेछन् ।

    -विजेता राष्ट्र, पहिलो रनर राष्ट्र र दोस्रो रनर राष्ट्र गरि तीन राष्ट्रका समर्थकले लक्की ड्रबाट बम्पर पुरस्कार जित्नेछन् ।

    -विजेताहरुको घोषणा डिसहोमको फेसबुक पेजमा लक्की ड्रको माध्यमबाट हुनेछ ।

     


    सोमवार, जेठ २४ २०७८०३:१३:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij