एजेन्सी - युरोपियन च्याम्पियनसिप (युरोकप)अघिको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा स्पेन र पोर्चुगलले गोलरहित बराबरी खेलेका छन् ।
गएराति स्पेनको राजधानी म्याड्रिडमा भएको खेलमा दुबै टोलीले पाएको मौकालाई गोलमा परिणत गर्न नसकेपछि खेल गोलरहित बरारबीमा रोकिएको हो ।
युरोकप विजेता पोर्चुगलविरुद्ध घरेलु टोली स्पेनले गोलको धेरै अवसर सिर्जना गरे पनि सफल हुन सकेन । स्पेनका अल्भारो मोराटाले खेल सकिन लाग्दा पाएको सुनौलो मौका गुमाएका थिए । उनले गरेको प्रहार पोलमा लागेको थियो ।
पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोका केही प्रहार पनि सफल हुन सकेनन् ।
त्यस्तै, गएराति नै भएको अर्को खेलमा इटालीले चेक रिपब्लिकलाई ४-० को फराकिला अन्तरले हराएको छ ।