Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

युरोकपका लागि जर्मन टोली घोषणा, मुलर र हुमल्सको पुनरागमन (सूचिसहित)

युरोकपका लागि जर्मन टोली घोषणा, मुलर र हुमल्सको पुनरागमन (सूचिसहित)

  • बिहिवार, जेठ ६ २०७८

  • 966
    SHARES

  • युरोकपका लागि जर्मन टोली घोषणा, मुलर र हुमल्सको पुनरागमन (सूचिसहित)

    एजेन्सी – एट्याकिङ मिडफिल्डर थोमस मुलर र डिफेन्डर म्याट हुमल्सलाई समेट्दै जर्मनीको युरोपियन च्याम्पियनसिपका लागि राष्ट्रिय टोलीको घोषणा गरेको छ । मुलर र हुमल्सले दुई वर्षपछि टिममा पूनरागमन गरेका हुन् ।

    प्रशिक्षक जाचिम लोले नयाँ पुस्तालाई अवसर दिने भन्दै २०१९ मा यी दुई खेलाडीलाई टोली बाहिर राखेका थिए । तर, उनीहरुले क्लब स्तरमा लगातार उच्च प्रदर्शन गरेपछि र नयाँ खेलाडीले सोचेजस्तो प्रदर्शन गर्न नसकेपछि प्रशिक्षक लो युटर्न भएका हुन् । मुलर र हुमल्सले २०१६ देखि २०१९ सम्म बायर्न म्युनिखबाट सँगै खेलेका थिए ।

    २०१० देखि जर्मनीको राष्ट्रिय टोलीमा रहेका मुलरले १०० क्याप जित्दा ३८ गोल गरेका छन् । यस्तै हुमल्सले जर्मनीका लागि ७० खेल खेल्दा ५ गोल गरेका छन् । यी दुवै खेलाडी जर्मनीले २०१४ मा ब्राजिलमा विश्वकप जित्दा टोलीका मुख्य सदस्य रहेका थिए ।

    आगामी ११ जुनबाट शुरु हुने युरोकप युरोपका विभिन्न ११ शहरमा ११ जुनसम्म हुनेछ । जर्मनी पनि सहआयोजक देश हो ।

    यस्तो छ जर्मन टोली :

    गोलरक्षक –म्यानुयल नोयर (कप्तान), बन्र्ड लेनो र केभिन ट्रयाप ।

    डिफेन्डर – म्याथियस जिन्टर, रोविन गोसिन्स, क्रिस्टियन गन्टर, मार्सेल होल्सटेनबर्ग, म्याट हुमल्स, लुकास क्लोस्टरमान, रोविन कोच, एन्टोनियो रुडिगर र निकलस सुल ।

    मिडफिल्डर र फरवार्ड – इमरी च्यान, सर्जी जिनाब्री, लियोन गोरेट्ज्का, इल्केए गुन्डोगान, काई हाभर्टज, जोनास होफमन, योसुवा किम्मिच, टोनी क्रुस, थोमस मुलर, जमाल मुसिएल, फ्लोरिएन नेउहस, लिरोए साने, टिमो वेर्नर र केभिन भोलान्ड ।


    बिहिवार, जेठ ६ २०७८०१:१२:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij