Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

राष्ट्रियसभाका उम्मेदवारलाई चुनाव चिन्ह प्रदान, गृहमन्त्री थापाले पाए सूर्य चिन्ह

राष्ट्रियसभाका उम्मेदवारलाई चुनाव चिन्ह प्रदान, गृहमन्त्री थापाले पाए सूर्य चिन्ह

  • बुधवार, बैशाख २९ २०७८

  • 1.5K
    SHARES

  • राष्ट्रियसभाका उम्मेदवारलाई चुनाव चिन्ह प्रदान, गृहमन्त्री थापाले पाए सूर्य चिन्ह

    काठमाडौं । राष्ट्रियसभा सदस्य पदको उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिएको छ । निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिएको हेटौंडा–५ मा रहेको वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालयले जनाएको छ ।

    राष्ट्रिय सभामा एमालेका उम्मेदवार गृहमन्त्री रामबहादुर थापालाई सूर्य, नेपाल मजदुर किसान पार्टीका उम्मेदवार कृष्णबहादुर तामाङलाई मादल तथा स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटालाई कलम चुनाव चिन्ह प्रदान गरिएको छ । देवकोटालाई स्वतन्त्र उम्मेदवारको रुपमा चुनाव चिन्ह प्रदान गरिए पनि नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी तथा एमाले माधव नेपाल समूहको सहयोग रहेको छ ।

    राष्ट्रिय सभाअन्तर्गत् वाग्मती प्रदेशतर्फको रिक्त रहेका सदस्य पदमा जेठ ६ गते मतदान हुँदैछ ।

    मतदान बिहान नौ बजेबाट दिउँसो ३ बजेसम्म हुनेछ । प्रदेशसभा सदस्य र पालिका प्रमुख र उपप्रमुख गरी कुल ३ सय ४८ जना मतदाताले मतदान गर्नेछन् ।


    बुधवार, बैशाख २९ २०७८०४:०४:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij