Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

अध्यक्ष राईको दाबी : तीन तहको सरकारबीच उच्चस्तरीय सहकार्य भइरहेको छ

अध्यक्ष राईको दाबी : तीन तहको सरकारबीच उच्चस्तरीय सहकार्य भइरहेको छ

  • शनिवार, बैशाख २५ २०७८

  • 1.7K
    SHARES

  • अध्यक्ष राईको दाबी : तीन तहको सरकारबीच उच्चस्तरीय सहकार्य भइरहेको छ

    काठमाडौँ । तीन तहको सरकारबीच समन्वय हुन नसकेको कुरा उठिरहँदा सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले भने तीनै तहको सरकारबीच उच्चस्तरीय सहकार्य भइरहेको दाबी गर्नुभएको छ । गाउँपालिकामा हुने हरेक विकास निर्माणको काममा तीनै तहका सरकारबीच महत्त्वपूर्ण सहकार्य भइरहेको उहाँले बताउनुभयो ।

    ‘हाम्रोमा तीनै तहको सरकाबीच तीनै तहको सरकारबीच अत्यन्तै राम्रो सहकार्य भइरहेको छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन)को कार्यक्रम स्थानीय सरकारमा अध्यक्ष राईले भन्नुभयो, ‘हामीले दुधकोशी नदीमा ओर्लाङघाटको एउटा महत्त्वपूर्ण पुल बनाउन सफल भयौँ । त्यो संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहबीचको समन्वयले नै त्यो सफल भएको हो ।’

    पालिका–पालिकाबीच समेत समन्वय र सहकार्य गरेर जिल्लाभित्र विभिन्न विकास निमार्णका काम गरिरहेको उहाँले बताउनुभयो । अध्यक्ष राईले कोरोना भाइरसको संक्रमण पालिकाभित्र प्रवेश गर्नै नदिने प्रयासमा आफूहरु रहेको बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म माप्य दुधकोशीभित्रको कोही पनि नागरिकमा संक्रमण पुष्टि भएको छैन ।


    अध्यक्ष राईसँग गरिएको कुराकानी सुन्नुहोस्


    शनिवार, बैशाख २५ २०७८०१:३७:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij