Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

बूढानीलकण्ठमा देउवा र प्रचण्डबीच भेटघाट

बूढानीलकण्ठमा देउवा र प्रचण्डबीच भेटघाट

  • शुक्रवार, बैशाख २४ २०७८

  • 1.2K
    SHARES

  • बूढानीलकण्ठमा देउवा र प्रचण्डबीच भेटघाट

    काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ।

    देउवालाई भेट्न प्रचण्ड बूढानीलकण्ठ पुगेका थिए ।

    साढे पाँच बजेतिर बुढानिलकण्ठ पुगेका प्रचण्ड र देउवा बीच करिब आधा घण्टा कुराकानी भएको देउवा निकट स्रोतले बताएको छ ।

    ‘प्रधानमन्त्री केपी ओलीले लिन लागेको विश्वासको मत बिफल बनाउनेबारे नै छलफल भएको छ’, एक नेताले भने ।

    प्रधानमन्त्री ओलीले विश्वासको मत लिन चाहेपछि २७ वैशाखमा विशेष अधिवेशन बोलाइएको छ ।

    विशेष अधिवेशन बोलाइएपछि नेपाली कांग्रेसको साथ लिन प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डलगायतका नेताहरु देउवा निवास बूढानीलकण्ठमा पुगिरहेका छन् ।

    बिहीबार साँझ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पनि बूढानीलकण्ठ पुगेका थिए । यसको एकदिन अगाडि मात्रै एमाले अध्यक्ष एवम् प्रधानमन्त्री ओली पनि बुढानिलकण्ठ पुगेका थिए ।


    शुक्रवार, बैशाख २४ २०७८०७:३६:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij