काठमाडौँ । अछामको कमलबजार नगपालिकाका प्रमुख ओमप्रकाश विष्टले प्रदेश सरकार सबैभन्दा बेकामे भएको टिप्पणी गर्नुभएको छ । प्रदेश सरकार कमिशनको खेलमा मात्र लागेको जिकिर गर्दै उहाँले मुख्यमन्त्री र सबै मन्त्रीहरु आफ्नो आसेपासेको पालनपोषणमै व्यस्त रहेको आरोप लगाउनुभयो ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘स्थानीय सरकार’मा प्रमुख विष्टले संघ सरकारले स्थानीय सरकालाई थप अधिकारसहित मजबुत बनाएर प्रदेश सरकारलाई खारेज गर्दा पनि फरक नपर्ने धारणा राख्नुभयो ।
कोरोना महामारीमा पनि प्रदेश सरकारले स्थानीय तहसँग समन्यकारी भूमिका खेल्न नसकेको र संघीयताको मर्म नै स्थानीय सरकारले बचाइराखेको नगर प्रमुख विष्ट दाबी गर्नुभयो ।
नगर प्रमुख बिष्टसँग गरिएको कुराकानी सुन्नुहोस्