Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images
च्याम्पियन्स लिग :

पिएसजीको मैदानमा म्यानचेस्टर सिटीले बाजी मार्यो (६ तस्बिरसहित)

पिएसजीको मैदानमा म्यानचेस्टर सिटीले बाजी मार्यो (६ तस्बिरसहित)

  • बिहिवार, बैशाख १६ २०७८

  • 967
    SHARES

  • पिएसजीको मैदानमा म्यानचेस्टर सिटीले बाजी मार्यो (६ तस्बिरसहित)

    एजेन्सी – युइएफए च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)को मैदानमा जित दर्ता गरेको छ । खेलको पहिलो हाफमा पछि रहे पनि सिटीले उत्कृष्ट पुनरागमन गर्दै २–१ को जित हासिल गरेको हो ।

    42340474-9516305-Kevin_De_Bruyne_equalised_in_the_64th_minute_before_Riyad_Mahrez-a-7_1619646833339.jpg
    खेलको १५ औं मिनेटमा नै घरेलु टोली पिएसजीले अग्रता लियो । एन्जल डी मारियाको कर्नरमा मार्किन्हसले हेडरमार्फत गोल गर्दै फ्रान्सेली टोलीलाई अग्रता दिलाएका थिए ।

    skysports-marquinhos-neymar_5359340.jpg

    पहिलो हाफमा सिटी खेलमा पछि रहे पनि दोस्रो हाफमा पेप ग्वार्डिओलाको टोलीले सानदार पुनरागमन गर्यो । ६४ औं मिनेटमा केभिन डे ब्रुयने गोल गर्दै खेल बराबरीमा ल्याए । डे ब्रुयनेले क्रस गर्न खोजेको बल गोलरक्षक नाभास समेतलाई झुक्याउँदै गोलमा परिणत भएको थियो ।

    skysports-riyad-mahrez-manchester_5359419.jpg

    खेल बराबरीमा भएको ८ मिनेट नबित्दै सिटीले अग्रता लिएको थियो । रियाद माहरेजले फ्रिकिकमा सिधै गोल गर्दै सिटीलाई महत्त्वपूर्ण अग्रता दिलाए ।

    42341156-9516305-It_got_worse_for_the_hosts_as_midfielder_Idrissa_Gueye_was_sent_-a-10_1619646835938.jpg

    खेलमा पछि परेको पिएसजीले ७८ औं मिनेटमा एक खेलाडी पनि गुमाउन पुग्यो । मिडफिल्डर इड्रीसा गेयेले इल्काए गुन्डोगनमाथि डरलाग्दो ट्याकल गरेपछि रेफ्री फेलिक्स बिर्चले सिधै रातो कार्ड देखाए । इन्ज्युरी समयमा सिटीले अग्रता बढाउने अवसर पाएपनि डे ब्रुएनको प्रहार पोस्टभन्दा माथिबाट गयो ।

    42341704-9516305-PSG_had_controlled_the_first_half_but_were_dominated_by_the_visi-a-9_1619646835929.jpg

    यस जितसँगै सिटीले घरेलु मैदानमा हुने दोस्रो लेगअघि महत्त्वपूर्ण अग्रता पाएको छ । दोस्रो लेग मंगलबार सिटीको मैदानमा हुनेछ । अर्को सेमिफाइनलमा चेल्सीले रियल म्याड्रिडको मैदानमा १–१ को बराबरी खेलेको थियो । फाइनल खेल २९ मेमा टर्कीको इस्तानबुलमा हुनेछ ।


    बिहिवार, बैशाख १६ २०७८११:१७:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij