काठमाडौं । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरण पत्रको विरुद्धमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सर्वोच्च अदालत पुगेको छ । नेपाल पक्षका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता गोविन्द बन्दी, अधिवक्ता टिकाराम भट्टराईलगायत सर्वोच्च पुग्नुभएको हो ।
पार्टीभित्र विधि, पद्धतिका लागि दबाब सिर्जना गर्दा कारबाही गर्ने मनशायले प्रधानमन्त्री केपी शर्मा ओली पक्षले आफूहरुलाई स्पष्टीकरण सोधेको नेपाल पक्षको आरोप छ । उक्त कारबाही रोक्न माग गर्दै उहाँहरू अदालत पुग्नुभएको छ ।
अध्यक्ष ओलीले मंगलबार २७ जना संघीय र पाँचजना प्रदेश सांसदलाई स्पष्टीकरण सोध्नुभएको थियो । उहाँले नेपाल समूहले अर्कै दल बनाइएको आरोप लगाउँदै स्पष्टीकरण सोध्नुभएको थियो ।
यता नेपाल पक्षको भने आफूहरुले अर्को दल नखोलेको र पार्टीको ह्वीप पनि उलंघन नगरेको दाबी गरेको छ । यसैकारण राजनीतिक र कानुनी दुवै लडाइँ लड्ने निर्णय गरेको जनाएको छ ।