Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

प्रिमियर लिग : लिभरपुल लिड्स युनाइटेडसँग बराबरीमा

प्रिमियर लिग : लिभरपुल लिड्स युनाइटेडसँग बराबरीमा

  • मंगलवार, बैशाख ७ २०७८

  • 953
    SHARES

  • प्रिमियर लिग : लिभरपुल लिड्स युनाइटेडसँग  बराबरीमा

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल बराबरीमा रोकिएको छ ।

    सोमबार राति भएको खेलमा लिभरपुल लिड्स युनाइटेडसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

    लिड्सको मैदानमा सुरुवाती गोलको अग्रता जोगाउन नसक्दा लिभरपुलले अंक बाड्नु परेको हो ।

    खेलको ३१ औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।

    तर, खेलको ८७ औं मिनेटमा डिएगो लोरेन्टले गोल गर्दै लिड्सलाई हारबाट जोगाए ।

    यस बराबरीसँगै लिभरपुलले शीर्ष चारमा पुग्ने अवसर गुमाएको छ ।

    लिभरपुलले ३२ खेलमा ५३ अंक जोडेको छ । र, लिगको छैटौं स्थानमा रहेको छ ।

    लिड्स ४६ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।


    मंगलवार, बैशाख ७ २०७८०७:२६:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij