काठमाडौं । गृहमन्त्री रामबहादुर थापा (बादल) पदमुक्त हुनुभएको छ ।
आजै राष्ट्रिय सभा सचिवालयले उहाँको राष्ट्रिय सभा सदस्य पद खारेज भएको सूचना जारी गरेको छ ।
नेकपा माओवादी केन्द्रले उहाँलाई पार्टीबाट निस्कासन गरेको पत्र गत चैत २७ गते नै राष्ट्रिय सभा सचिवालयमा पठाएको थियो ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज उक्त पद रिक्त हुने निर्णय गर्नुभएको हो ।
सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताउने निर्णय गरेपछि पूर्वमाओवादी नेता थापा एमाले प्रवेश गर्नुभएको थियो ।
थापा बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
थापाको पद गुमेपछि अब उहाँले पुनः मन्त्री बन्न संविधानअनुसार शपथ लिनुपर्छ । सांसद पद गुमे पनि पुनः शपथ लिएर उहाँ ६ महिनाका लागि मन्त्री बन्न सक्नुहुने छ ।