Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

महाधिवेशनबारे छलफल गर्न काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै

महाधिवेशनबारे छलफल गर्न काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै

  • सोमवार, चैत्र ३० २०७७

  • 1.0K
    SHARES

  • महाधिवेशनबारे छलफल गर्न काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै

    काठमाडौं । नेपाली काँग्रेसको क्रियाशील सदस्यता नवीकरण र वितरणको समय फेरि थपिने भएको छ ।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बस्ने केन्द्रीय समितिको बैठकले सदस्यता वितरण र नवीकरणका लागि कम्तीमा १५ दिनको समय थप गर्ने तयारी गरेको हो ।

    पटकपटक समय थप गर्दा पनि हिजोसम्म ५५ प्रतिशत मात्र सदस्यता नवीकरण र वितरणको काम सकिएको छ ।

    सदस्यता वितरणले गतिलिन नसक्दा भदौ पहिलो साताका लागि पछिल्लोपटक तोकिएको १४औं महाधिवेशन फेरि प्रभावित हुने संकेत देखिएको हो ।

    गत फागुनमै पाँच वर्षे कार्यकाल पूरा गरेको काँग्रेसले सवैधानिक व्यवस्थाअनुसार छ महिनाको अतिरिक्त समय लिएर भदौ पहिलो साता महाधिवेशन गर्ने निर्णय गरेको छ । तर, पार्टीभित्रको आन्तरिक किचलो र समायोजनको काम पूरा नहुँदा प्रदेश २ मा महोत्तरीबाहेकका जिल्लामा सदस्यता वितरण अघि बढ्न सकेको छैन ।

    सदस्यता छानबिन समितिले प्रदेश नम्बर दुईमा क्रियाशील सदस्यता नविकरण र वितरणका लागि पदाधिकारी र पूर्वपदाधिकारीकै तहबाट हस्तक्षेप आवश्यक रहेको औंल्याएका छन् ।

    १० लाख क्रियाशील सदस्य पु¥याउने जनाएको काँग्रेसले अहिलेसम्म करिब छ लाख क्रियाशील सदस्यता वितरण गरेको छ ।


    सोमवार, चैत्र ३० २०७७१०:१२:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij