Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

‘विद्यालय बन्द गरेर अनलाइनमार्फत पढाउने तयारी हुँदैछ’

‘विद्यालय बन्द गरेर अनलाइनमार्फत पढाउने तयारी हुँदैछ’

  • बिहिवार, चैत्र २६ २०७७

  • 9.7K
    SHARES

  • ‘विद्यालय बन्द गरेर अनलाइनमार्फत पढाउने तयारी हुँदैछ’

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले फेरि विद्यालय बन्द गरेर अनलाइनमार्फत पठनपाठन गराउनेबारे सोचिरहेको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले विद्यालयमा संक्रमण वृद्धि भएकाले विद्यालय बन्द गराएर अनलाइनमार्फत पठनपाठन गराउनेबारे पनि मन्त्रालयले सोचिरहेको जानकारी दिनुभएको हो ।

    काठमाडौं र पोखरा लगायतका ठूला सहरमा रहेका विद्यालयमा संक्रमण वृद्धि भएकाले उच्च सतर्कता अपनाउन पनि स्वास्थ्य राज्यमन्त्री रावतले सुझाव दिनुभएको छ ।

    उहाँले अहिले नै मुलुकभर लकडाउन आवश्यक नदेखिएको पनि उल्लेख गर्नुभएको छ । उहाँले लकडाउन कोरोना भाइरस नियन्त्रणको अचुक उपाय नभएकाले देशमा अहिले नै लकडाउन नगरिने बताउदैं सबैले भाइरसबाट बच्न उच्च सर्तकता भने अपनाउनुपर्ने उल्लेख गर्नुभएको छ ।

    स्वास्थ्य राज्यमन्त्री रावतले मातहतका निकायसहित मन्त्रालय कोरोनाको रोकथाम र नियन्त्रण गर्न काम गरिरहेको उल्लेख गर्नुभयो ।

    उहाँले अहिले छिमेकी भारतमा कारोनाको दोस्रो लहर निकै बढेकाले सीमानाकामा कडाई गरिएको जानकारी दिनुभयो ।

    स्वास्थ्य राज्यमन्त्री रावतले कोरोनाको संक्रमण नेपालमा फेरि उकालो लागेकाले सार्वजनिक स्थानमा मास्कको अनिवार्य प्रयोग गर्न तथा स्वास्थ्य मापदण्ड अपनाउन आम नागरिकहरुलाई आग्रहसमेत गर्नुभएको छ ।

    कोरोनाको बेलायती भेरिएन्ट नेपालमा फैलने क्रम बढेको भन्दै सरकारले जनस्वास्थ्यका मापदण्डमा कडाइ गर्न निर्देशन दिएको उहाँले बताउनुभएको छ ।

    बुधबार मन्त्रालयले रात्रीकालिन व्यवसाय तथा रेष्टुरेन्टहरु राती ९ बजेपछि कडाइका साथ बन्द गराउन निर्देशन दिएको थियो ।


    बिहिवार, चैत्र २६ २०७७०७:३०:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij