काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजका लागि टिकट मूल्य तोकेको छ ।
क्यानले टियु क्रिकेट मैदानमा आयोजना हुने टी–ट्वान्टी सिरिजका लागि टिकट मूल्य तोकेको हो ।
क्यानले सिरिजको टिकट मूल्य १ सय ५० रुपैयाँ राखिएको जनाएको छ । नेपालले घरेलु भूमिमा नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेल्ने छ ।
सिरिज बैशाख ४ देखि ११ गतेसम्म हुने छ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्ने छन् ।
सिरिजका लागि क्यानले २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।