Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

रियल सोसिडाडले ३४ वर्षपछि कोपा डेल रेको उपाधि जित्यो

रियल सोसिडाडले ३४ वर्षपछि कोपा डेल रेको उपाधि जित्यो

  • आइतवार, चैत्र २२ २०७७

  • 1.0K
    SHARES

  • रियल सोसिडाडले ३४ वर्षपछि कोपा डेल रेको उपाधि जित्यो

    एजेन्सी । रियल सोसिडाडले सन् २०१९-२० स्पेनिस कोपा डेल रे फुटबलको उपाधि जितेको छ ।

    शनिबार राति भएको फाइनलमा एथ्लेटिक बिल्बाओलाई १–० गोल अन्तरले पराजित गर्दै सोसिडाडले उपाधि जितेको हो ।

    सोसिडाडलाई च्याम्पियन बनाउन मिकेल ओयार्जाबलले निर्णायक गोल गरे । उनले खेलको ६३ औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए ।

    यससँगै सोसिडाडले ३४ वर्षपछि पहिलोपटक कोपा डेल रेको उपाधि जित्न सफल भएको छ । सन् १९८७ पछि सोसिडाडको यो पहिलो उपाधि समेत हो ।

    बिल्बाओले भने यहिँ अप्रिलमा कोपा डेल रेको अर्को फाइनल खेल्ने छ । सन् २०२०-२१ को फाइनलमा बिल्बाओले बार्सिलोनासँग खेल्ने छ । फाइनल खेल अप्रिल १७ मा हुने छ ।


    आइतवार, चैत्र २२ २०७७०८:२१:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij