Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बिमस्टेकको मन्त्रीस्तरीय बैठक आज, परराष्ट्रमन्त्रीले नेपालको प्रतिनिधित्व गर्ने

बिमस्टेकको मन्त्रीस्तरीय बैठक आज, परराष्ट्रमन्त्रीले नेपालको प्रतिनिधित्व गर्ने

  • बिहिवार, चैत्र १९ २०७७

  • 765
    SHARES

  • बिमस्टेकको मन्त्रीस्तरीय बैठक आज, परराष्ट्रमन्त्रीले नेपालको प्रतिनिधित्व गर्ने

    काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडी प्रयास (बिमस्टेक) को १७ औँ मन्त्रीस्तरीय बैठक आज बस्ने भएको छ ।

    दिउँसो श्रीलङ्काले आयोजना गर्ने भर्चुअल बैठकमा सदस्य राष्ट्रका परराष्ट्रमन्त्रीहरु सहभागी हुने छन् । बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुने छ ।

    मन्त्रीस्तरीय बैठकमा दिगो विकासका एजेन्डा सन् २०३० को लक्ष्य प्राप्तिका लागि सामूहिक सहकार्यमा जोड दिँदै यस क्षेत्रको गरिबी तथा अन्य समस्या निराकरणका लागि मार्गनिर्देश गर्ने अपेक्षा गरिएको छ ।

    बैठकमा बिमिस्टेक देशबीच आतंकवाद विरुद्ध ऐक्यबद्धताबारे पनि छलफल हुने छ । तीन वर्षअघि काठमाडौंमा चौथो शिखर सम्मेलनपछि बिमस्टेकको पाँचौँ शिखर सम्मेलन भएको छैन ।

    बिमस्टेकमा नेपाल, भारत, बङ्गलादेश, भुटान, म्यानमार, श्रीलङ्का र थाइल्याण्ड छन् । नेपाल सन् २००४ देखि बिमस्टेकमा आबद्ध भएको हो ।


    बिहिवार, चैत्र १९ २०७७०८:४३:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij