Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पार्टी कार्यालयका लागि राम्रो भवन खोज्दैछौ : नेपाल

पार्टी कार्यालयका लागि राम्रो भवन खोज्दैछौ : नेपाल

  • बुधवार, चैत्र १८ २०७७

  • 1.0K
    SHARES

  • पार्टी कार्यालयका लागि राम्रो भवन खोज्दैछौ : नेपाल

    काठमाडौं । नेकपा (एमाले)का निलम्बित वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरू पार्टी कार्यालय खोजीमा लागेको जानकारी गराउनुभएको छ ।

    आज युवा संघ नेपालको कार्यालय भवन उद्घाटन गर्दै नेता नेपालले युवा संघले कार्यालय खोल्ने काममा आफूहरूलाई उछिनेको भन्दै राम्रो कार्यालय भवनको खोजीमा आफूहरू लागिरहेको बताउनुभयो ।

    ‘हामीले पनि भवनको खोजी गरेका छौँ । कहीँ–कतै राम्रो ठाउँ पाउनुभए खबर गर्नुहोला’, उहाँले भन्नुभयो ,‘योभन्दा पनि ठूलो र सानदार भवन हामीलाई चाहिन्छ ।’

    उहाँले अब कम्युनिष्ट आन्दोलनलाई नयाँ सिराबाट सुरू गर्नुपर्ने अवस्था आएको भन्दैं यसका लागि सबैले मुठ्ठी दान गर्नुपर्ने बेला आएको बताउनुभयो ।

    नेता नेपालले कम्युनिष्ट आन्दोलनलाई विघटन हुन नदिने भन्दै चैत ४–५ गतेको राष्ट्रिय भेलाले पनि आफूलाई अगाडि बढ्न आदेश दिइसकेको जानकारी गराउनुभएको छ ।

     


    बुधवार, चैत्र १८ २०७७०२:०५:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij